बागलुङका विभिन्न दुग्ध डेरी पसलहरुको अगुमन, गुणस्तर मापनका लागि नमुना संकलन

आदर्श अनलाइन बागलुङ

बागलुङ नगरपालिकाको संयोजनमा दुग्धजन्य पदार्थमा गुणस्तर कायम गराउने उदेश्यले बागलुङ बजार स्थित दुग्ध डेरी पसलहरुको अगुमन गरिएको छ ।

बागलुङ नगरपालिकाको अगुवाईमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङ ,बागलुङ उद्योग बाणिज्य सघं, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च सहित नागरिक सुरक्षाकर्मी र नागरिक समाज लगायतको टोलीले बुधबार अनुगमन गरेको हो ।

बजार क्षेत्रमा दुग्धजन्य पदार्थको बिक्रि वितरण गर्दै आएका बागलुङ दुग्ध उत्पादक सहकारी संघं, सौरभ किराना पसल एण्ड दुग्ध डेरी र झुलेनी दुग्ध डेरी पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुईवटा डेरी पसल बाट दुधको नमुना संकलन गरी पोखरा पठाउने तयारी गरिएको बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बजार स्थित झुलेनी डेरी पसलमा ४ पोका गुणस्तर हिन नौनी फेला परेकाले नष्ट गरिएको छ ।

गुणस्तरमा शंका लागेमा नुमना संकलन गर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । उक्त नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय क्षेत्रिय कार्यालय पोखरामा परिक्षण रिर्पोट कमजोर आएका कारबाही गरिने उहाँको भनाई छ ।
उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्ने खालका सामग्री बेचबिखन गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *