मध्यपहाडी लोकमार्ग अन्र्तगत अक्षेते–बिहुँ खण्डको काम तत्काल शुरु गर्न प्रभावित क्षेत्रका स्थानियको माग

आदर्श अनलाइन बागलुङ

मध्यपहाडी लोकमार्ग अन्र्तगत अक्षेते–बिहुँ खण्डको काम तत्काल शुरु गर्न माग गर्दै स्थानियले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

अक्षेते बिहुँ खण्डका स्थानियले अक्षेते देखी बिहुं ईनारपानि सम्मको सडक निर्माण कार्य अपलपत्र हुदां हिउदमा धुलो र बर्षामा हिलाम्य भएर मानव र पशुपंक्षीको स्वास्थ्यमा नकरात्मक प्रभाव परेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र समेत बुझाएका छन् ।

काठेखोला गाउपालिका वडा नम्वर – ६ का अध्यक्ष बृहस्पती कँडेल, स्थानिय अगुवा जगुपति कँडेल लगायत प्रभावित क्षेत्रका ८० जना स्थानियको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सो पत्रमा सडक निर्माण कार्यलाई यथाशिर्घ शुरु गर्न गराउन माग गरिएको छ ।

लामो समय सम्म मध्यपहाडी लोकमार्गको संरचना नबन्दा स्थानिय शास्ती खेप्न बाध्य भएको स्थानिय अगुवा जगुपति कँडेलले बताउनुभयो ।

ट्रयाक खोलेको २० वर्ष बितिसक्दासमेत मध्यपहाडी लोकमार्गको कामले पुर्णता नपाउदा यहाँका जनप्रतिनिधि, प्रशासन तथा नेताहरूले चर्काे आलोचनासमेत खेप्दै आएका छन् । उक्त ध्यानाकर्षण पत्र बुझ्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले लोकमार्ग निर्माणका लागि आफुले सम्बन्धीत निकायमा ध्यानाकर्षण गराउने बताउनुभयो ।

लोकमार्ग अन्र्तगत अक्षेते ईनारपानि खण्डको जिम्मा लिएको भरत सिद्धिसाई जेभीले १३ किलोमिटर जिम्मा लिएको हो । लोकमार्ग अन्र्तगत बागलुङ देखी अक्षेते खण्डमा आशिंक रुपमा काम भएपनि अक्षेते देखी ईनारपानि खण्डमा भने ठप्प छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *