सहारा एकेडेमीलाई लुम्बिनी बैंकद्वारा २ लाख ४३ हजार प्रदान

आदर्श अनलाइन, पोखरा

सहारा एकेडेमी पोखराले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सहारा फुटवल एकेडेमीलाई लुम्बिनी बिकास बैंकले २ लाख ४३ हजार सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको हो । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयोे ।

सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउदै सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको वताउनुभयो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने सञ्चालक सिग्देलले प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यस्तै सहारा क्लवका अध्यक्ष हरिराम गुरुङले लुम्बिनी बिकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिे वताउदै बंैक प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रवन्धक प्रकाशचन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले बैंक र एकेडेमीका बारेमा जानकारी दिनुभएको थियो ।

एकेडेमीमा हाल १३ जना विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्