सरोजराज पन्त
धेरै उमेर भएका, अनुभव आदिले परिपक्व भएको मानिस, बुढोपाको व्यक्ति, छरछिमेकको प्रतिष्ठित पाको अवस्थालाई वृद्ध भनिन्छ । हिन्दु संस्कार पद्धति अनुसार वृद्धावस्था मानव जीवनका चार वर्णश्रम मध्ये व्रम्हाचार्य, गृहस्थ, वानप्रस्थ र सन्यास अवस्था हो । यो अवस्था जीवनको सवैभन्दा पछिको अवस्था हो । यस अवस्थामा आईपुग्दा मानवले विभिन्न प्रकारका सुख, दुःखका अनुभवहरु बटुलेका हुन्छन । जब मानिस वयस्कवाट वृद्धमा परिणत हुन्छ उसको इन्द्रियहरु एमेरसँगै शिथिल हुदै जान्छन । काम गर्न पनि असमर्थता हुदैं जान्छन । यस समयमा पूर्ण रुपमा अरुमाथि आश्रित हुन वाध्य हुन्छन ।
वृद्धावस्था स्वभाविक तथा प्राकृतिक प्रक्रिया हो । यो चरण मानव जीवनमा अवश्यम्भावी छ । हामो समाज परम्परागत वर्ण व्यवस्थामा आधारित भएकोले यहाँको जीवनशैली र संस्कारहरु वैदिक सनातन आदर्शले भरिएका छन् । वावु आमा र गुरुजनको सेवा गर्ने प्रचलन प्राचिनकालदेखि चलेको थियो । वेद उपनिषद् र पुराणहरुमा पितृ देवो भव, मातृदेवो भव आदि मन्त्रहरु राख्नुले यो स्पष्ट हुन्छ । आमा वुवा देवता समान् हुन् भन्ने भावनाले समाज निर्देशित छ । यस्तो आदर्शवाट हुर्किएको समाजमा आमा वावुको सेवा गर्नु परम् कर्तव्य मानिन्छ । तथापि जीवनभर छोरा, छोरी, नाति नातिनी र परिवार, आफन्त भनेर दुख गरेको मानिस बद्धाबस्थामा स्याहार सुसारको अभावमा उनबाटैै पिडित हुनुपर्ने अवस्था छ ।
आजको २१ औं शताव्दीमा विश्वमा वृद्धहरुको संख्या वढेको छ । यसको कारण वालवच्चा र प्रौढ संख्या घटेको, मृत्युदर घट्नुका साथै सामाजिक स्वास्थ्यमा सुधार आई विश्वव्यापी रुपमा वृद्धहरुको संख्या वढ्दै गइरहेको छ । नेपालमा मूलत ६० वर्ष भन्दा बढी उमेर भएका मानिसहरु वृद्ध भनिन्छ ।
ज्येष्ठ नागरिकाहरुको बारेमा पौराणिक कथन र साहित्यिक लेखहरु सुन्न तथा पढ्न पाइन्छ । त्यस्तै हाम्रो समाजमा विभिन्न उखान टुक्काहरु प्रचलनमा रहेका छन् । “आगो ताप्नु मूढाको कुरा सुन्नु वूढाको”, “केटालाई जिस्काए गाली पाइन्छ, वुढालाई जिस्काए वुद्धि पाइन्छ”, “मूढा भए धेरै आगो पाइन्छ, बूढा भए धेरै ज्ञान पाइन्छ” । हाम्रा ग्रन्थमा “पितृ देवोभव” “मातृ देवोभव” भन्ने मन्त्र लेखिएको छ । हिन्दु धर्मशास्त्रको स्तोत्र रत्नावलीमा “आमा पतित नै भए पनि आमाको स्याहार सुसार गर्नुपर्दछ” भनी लेखिएको छ ।
श्रीमद्भागवत महापुराणमा ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र सवै वर्णको मानवजातिको जीवन कर्तव्यको व्याख्याको गर्दै वृद्धावस्थाको उत्तरार्ध ७५—१०० सम्मको उमेर अवस्थालाई सन्यास अवस्था भनिएको छ । यस अवस्थामा मानिसले आफ्ना कर्महरुको संस्मरणका साथ भगवानको आराधना गरी ममतारहित भएर जीवन निर्वाह गर्दै परमेश्वरकै अंशका रुपमा रहेको जीवनलाई परमात्मामै लय गरोस् भनिएको छ ।
कवि भरतराज पन्तले काव्यात्मक रुपमा वृद्ध व्यक्तिको महिमालाई चर्चा गर्दे “बुढो अनुभवी मान्छे जिउँदो इतिहास हो । बुढो भविष्यको निम्ति प्रेरणा र प्रकाश हो ।” वृद्धावस्था सिङ्गो जीवनको अनुभव संगालेको परिपक्व अवस्था हो । इतिहास पनि हो भने भविष्यका निम्ति प्रेरणा र प्रमाण पनि हो ।
संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा लगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजनिक खुल्ला ठाउँहरुमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नका लागि वृद्धाश्रम वा हेरचाह केन्द्र र दिवा सेवा केन्द्रहरु सञ्चालन, यातायातमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ । उनीहरुको जीवन सहज, सुरक्षित एवम् सम्मानित बनाई सामाजिक न्याय कायम गर्नुपर्ने आवश्यकता रहेको छ ।
नेपालकोे पन्ध्रौ योजनाको आधारपत्र (२०७६/०७७—२०८०/०८१) मा ज्येष्ठ नागरिक सम्वन्धि लक्ष्य तथा उद्देश्यहरुमा ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्रले समृद्धिका लागि उपयोग गर्ने । पारिवारिक, आर्थिक र कानुनी संरक्षणको माध्यमबाट ज्येष्ठ नागरिकको हक अधिकारको संरक्षण र प्रवद्र्धन गर्नु, ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुबिधा उपलव्ध गराउनु , ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई आर्थिक सामाजिक रुपान्तरण र विकासमा उपयोग गर्नु उन्लेख छ ।
परोपकार पुण्य हो भने परपीडन पाप हो । आधुकितासँगै समाजमा अध्यात्मशास्त्रीय चिन्तनवाट अनुप्राणित हुँदै हुर्केको समाजले कोल्टो फेरिसकेको छ । घरभित्रै सम्मानित, मर्यादित हुनुपर्ने आस्थाका धरोहर वावु आमा अवहेलनाका सिकार भइरहेका छन् । विगतमा हाम्रै समाज जहाँ सेवा, उपकार, सहयोग र विनम्रताको नमूना व्यवहार प्रकट भईरहन्थ्यो । सु—संस्कारित र सुविचार सहित मान्यजनहरुप्रति यथोचित आदरभाव, स्नेह र सद्भाव गरिन्थ्यो । तर आज सबैभन्दा पिडा धेरै पिडा वृद्धहरुले भोग्न परेको देखिन्छ ।
यही समस्याका कारण संसारका कतिपय मुलुकहरुमा ज्येष्ठ नागरिक र अशक्तको लागि सरकारले गास, बास, कपासको बन्दोवस्त गरेको पाइन्छ । हाम्रो समाजमा भने वुढावुढीहरु जीवनभर आफ्ना छोरा, वुहारी, नाति नातिनीाहरुमा आश्रित भएको देखिन्छ । त्यसैले यो समस्या नेपाली समाजमा बढदै गएको छ ।
विश्वमा बढ्दो औद्योगिकीकरण, शहरीकरण, आधुनिकीकरण जस्ता कारणहरुले गर्दा संयुक्त परिवार प्रथा हटेर एकल परिवार प्रथा वढिरहेको छ । समाज दिनप्रति दिन ब्यक्तिवादी वन्दैछ । हाम्रो समाज पनि विकसित देशहरुको देखासिकी र नक्कल गर्ने प्रवृतिले गर्दा संस्कार र संस्कृतिमा परिवर्तन आएको छ । सामाजिक, धार्मिक, साँस्कृतिक परम्परागत मूल्य र मान्यतामा आएको परिवर्तनहरुले गर्दा नेपाली समाजमा आधुनिकताको वाहुल्य भएको छ । अवका दिनहरुमा हाम्रो समाजमा ज्येष्ठ नागरिकाहरु सम्वन्धी समस्या थप बढेर जाने प्रष्ट छ ।
उनीहरुको जीवनभरको अनुभव र ज्ञानलाई लिपिबद्ध गर्नुपर्दछ । त्यसका लागि बृद्धमैत्री वातावरण तयार पार्नु पर्दछ । ६० बर्ष टेकेका नागरिकसँग धेरै जोश, जाँगर बाँकी रहने हुँदा उनीहरुको बाँकी जीवनलाई मानव सेवा, धार्मिक कार्यमा सक्रियता बढाउनुुपर्दछ । उनीहरुमा रहेको सीप, कला, क्षमता, ज्ञान र अनुभवलाई स्थानीय स्रोत तथा साधनको परिचालनमा सहयोग मार्फत स्थानिय, राष्ट्रको विकासमा योगदान पु¥याउन सकिन्छ । हाम्रो संस्कृति भित्रको राम्रा नराम्रा पक्षहरु लेखाजोखा गर्न पनि ज्येष्ठ नागरिकहरुको अनुभवको महत्वपूर्ण भूमिका रहन्छ ।
हाम्रो चाडपर्व मान्ने तरिका, पुजाआजा, यिनको संस्कृति, सामाजिक, व्यवहारिक पक्षको पूर्ण ज्ञान लिपिबद्ध गर्न सकिन्छ । माया, प्रेम, परिवार, जागिर, उद्योग लगायतका जिन्दगीका महत्वपूर्ण पक्षहरुको व्यवहारिक परिभाषा खोज्न सकिन्छ । एउटा वृद्धको मृत्यु भनेको एउटा सिंगो ज्ञानको भण्डार र जीवनकालखण्डको अन्त्य हुनु हो । त्यसैले वृद्धाश्रम भनेको एउटा मानिसको मात्र नभइ सिंगो ज्ञानको भण्डार आश्रम स्थल पनि हो । यसलाई समयमै सुझवुझका साथ बुद्धिमत्तापूर्ण ढंगले आत्मसात गर्नुपर्दछ, अन्यथा पछुताउनु शिवाय अन्य विकल्प बाँकी रहदैन ।
नेपालको कानुनले ६० वर्ष काटेकालाई ज्येष्ठ नागरिक मानेको छ । तर उमेरको यो खुड्किलो काटेका सवै ज्येष्ठ नागरिक निष्क्रियताका हिसावले उस्तै छन् त ? काम गर्न सक्ने शक्ति भएकाहरुलाई पनि सक्रिय बनाएर राख्ने परिपाटी नेपाली समाजमा विद्यमान नरहेको पाइन्छ् । नेपालको कानुनले तोकेको निवृति उमेरको हदवन्दीले नेपालको कानुन र सामाजिक व्यवस्थाले ६० बर्षको उमेरलाई सक्रिय उमेरका रुपमा स्विकार्दैन । त्यसको प्रत्यक्ष मार वृद्धहरुले खेपेका छन् । जाँगर, सीप र अनुभव भएता पनि खालि हात बस्नुपरेको कारण परिवारबाट अपहेलित बन्न विवश छन । नेपालमा प्रशासनिक सेवावाट ५८ बर्षमा अवकाश पाउने व्यवस्था छ । स्वास्थ्य सेवामा ६०, विश्वविद्यालय तथा न्यायिक सेवामा रहेकाले ६३ बर्षमा अवकाश पाउँछन् । प्रधानन्यायधिसको हकमा भने उमेर अवधि ६५ बर्षसम्म रहेको छ । यो अव्यवहारिक र अवैज्ञानिक रहेको छ । त्यो त आज नेपालीको सरदर आयू ६९ बर्ष पुगिसकेको छ र १५औं योजनाको अन्त्यमा ७२ बर्ष पुग्ने अपेक्षा गरिएको छ । औषत आयुको वृद्धिसँगै अवकाश पाउने उमेर पनि बढाउनुपर्ने देखिन्छ । “काम गर्न सक्ने उमेरमै वेकामे भएर वस्नुपर्ने नियतिले धेरै ज्येष्ठ नागरिकलाई सामाजिक रुपमा कमजोर तुल्याएको छ ।” काम गर्न नसक्दा हेला खेप्नु परेको अबस्थाको केही हदसम्म समाधान हुने अपेक्षा गरिएता पनि राज्यका तर्पmबाट दीर्घकालीन कार्य गर्न आवश्यक देखिन्छ ।
वृद्ध मातापिताको स्याहार सुसार गर्नवाट सन्तानले हात नधोउन् भन्ने उद्देश्यले आमा बावुको महत्ववारे उल्लेख गरेर आमाबाबुलाई देवता समान मान्नु पर्छ । घरबाट निकालेर वृद्धाश्रमको विकल्प खोज्नु पाप हो । तथापि वृद्धाश्रम आरोग्य आश्रमको विकल्प खोज्जे गरेका छन । ज्ञानको मन्दिर, भौतिकता त्यागेर अध्यात्मिक मार्ग देखाउने चेतनाको विद्यालयको रुपमा वृद्धाश्रमलाई लिन र योग, धर्म, दर्शन साहित्यको सुन्दर नमूना घर बनाउन आवश्यक छ । यो घर, अस्पताल, मन्दिर, बगैचा, खेलकुद स्थल सबैको समष्टिगत स्वरुपको शहरको भिडभाड, धुलो, धँुवा तथा प्रदुषणबाट मुक्त सुन्दर प्रकृतिको शान्त फराकिलो काखमा हुनुपर्दछ । परिवार र समाजमा वृद्धहरुको स्थान उच्च हुनुपर्ने भएता पनि प्रायः वृद्धहरुको अवस्था दयनीय देखिन्छ । वृद्धहरु आफूले जन्माएको सन्तान तथा आफन्तहरुवाट अपहेलित तथा अपमानित हुन परेका देखिन्छ । विश्वका विभिन्न मुलुकहरुमा वृद्धावस्थामा ज्येष्ठ नागरिकाहरुलाई समाजमा सम्मानसाथ बच्ने अधिकार सुरक्षित गरी शान्त वातावरणमा आफ्ना सवै चिन्तावाट मुक्त भई हाँसीखुसी जीवन व्यतीत गर्न विशेष सुविधा सहितको वृद्धाश्रमको व्यवस्था गरिएको पाइन्छ ।
जहाँ बेलाबखतमा विभिन्न दाता तथा दानविरबाट भोजन र बस्त्र दानले सबैलाई सन्तुष्टी प्राप्त गरेकोे म परिवारसँगै छु । यहाँ बस्दा धर्तिकै बोझ भए जस्तो लाग्दैन । आफन्त कोही छैनन् । बाँच्नका लागि अन्य उपाय नभएकाले यहाँ नबसी सुखै छैन भन्ने आलको वृद्धाश्रम नभइ मानवीय सनजाल र आफन्तहरु सहितको आधार थलो वृद्धाश्रम बनेमा उनीहरुको पिडामा मलम लाग्ने छ ।
ज्येष्ठ नागरिकहरु ज्ञानका भण्डार हुन् । उनीहरुले आफ्नो जीवनकालमा धेरै तितामिठा अनुभवहरु हासिल गरेका हुन्छन् । उनीहरु मध्ये गरिवले मात्र दुख पाएका छैनन । कोही आर्थिक रुपमा सम्पन्नशाली परिवारका भएता पनि दुख पाएका छन् । एक दुई सन्तान पाउने चलनले आफ्नो भएको एउटा छोराले स्याहार नगर्दा, विदेशीएर मृत्युपछि अरुलाई खोजी काजक्रिया गर्न पर्ने अवस्था छ । जीवित ज्येष्ठ नागरिकहरु सन्तुलित खानपान, राम्रो बसोबास, आवश्यकता अनुसारको स्वास्थ्य उपचार, अनुकुल वातावरणन पाएर तडपिन विवश छन । उनीहरुको बाँकी जीवनलाई पनि सन्तोषजनक बनाउन तथा ज्येष्ठ नागरिकहरुको जीवनको भोगाई र अनुभवबाट पाठ सिक्दै उनीहरुलाई थप गतिशील बनाउन शारिरीक तथा मानसिक सक्रियता सहयोग गर्न आवश्यक छ । उनीहरुका लागि शारीरिक व्यायम, हिडडुल र मानसिक सन्तुष्टिका लागि मन्दिर, तीर्थ, ब्रत पाठ, पूजा, पुराण आदिमा सहभागिता बढाउनुपर्ने देखिन्छ ।
ज्येष्ठ नागरिक र वालवालिहरुका बिच आपसी सम्वन्ध स्थापना विस्तार गराउँदा समाजमा भातृत्व, प्रेम र सकारात्मक बुझाईको अवसर वृद्धि गर्न जरुरी हुन्छ । बालबालिकहरुको व्यावहारिक र सैद्धान्तिक ज्ञानका स्रोत वृद्ध वृद्धाहरु भएकाले उनीहरुको भावनाहरुलाई बालबालिकाले सजिलै अनुसरण गर्दछन् । त्यसैले साहुकोभन्दा व्याजको माया भन्ने अमिट छाप यसले पारेको छ । त्यसैले ज्येष्ठ नागरिकहरुको ज्ञान बाल विकास लागि फलदायी र महत्वपूर्ण रहने हुँदा यसतर्फ ध्यान दिन आवश्यक छ ।