बडिगाडको १२ औँ गाउँसभा : दुई ऐन संशोधन, एक पारित

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभा बैठक सम्पन्न भएको छ । सभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐन पारित गरेको छ । आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको अध्यक्ष अधिकारीको भनाई छ । बैठकमा गाउँपालिकको अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षका थप कार्यक्रमका बारेमा चर्चा भएको थियो ।

May be an image of 5 people, people sitting and people standing

सो अवसरमा नवौँ राष्ट्रिय खेलकुदमा बडिगाड गाउँपालिकाबाट सहभागी पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । बैठकमा बोल्दै अध्यक्ष अधिकारीले जनताको जनजिविकासँग जोडिएका विषयलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

May be an image of 6 people, people standing and people sitting

भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगार अहिलेको आवश्यकता भएको हुँदा यसैमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

May be an image of 12 people, people sitting, people standing and indoor

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *