अनेरास्ववियु बागलुङको “चिया पिउदै सेवा“ अभियान शुरु

रोहन जि.सी बागलुङ

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले गरिब तथा जेहेन्दार विद्यार्थी अक्षय कोष निर्माणको लागि बागलुङमा “चिया पिउदै सेवा अभियान“ शुरु गरेको छ ।

बिपत्तिमा साहारा, बिभेदमा बिद्रोह भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यमा संलग्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले बागलुङमा विभिन्न शिक्षण संस्थामा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा थप सहयोग पुग्नलाई अक्षय कोष निर्माणको लागि यो अभियानको शुरुवात गरेको हो ।

अनेरास्ववियु जिल्ला कमिटी बागलुङको आयोजना र अनेरास्ववियु धवलागिरी बहुमुखी क्याम्पस कमिटीको सह–आयोजनमा पौष २० देसि २७ गतेसम्म बागलुङ बजारको विभिन्न ठाँउमा यो अभियान शुरु गरिएको अनेरास्ववियु बागलुङका संयोजक रोशन कुँवरले बताउनुभयो ।

बुधबार देखी शुरु भएको यस अभियानको उद्घाटन नेकपा एमाले बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर के.सी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद्का सदस्य नवराज पौडेल र अनेरास्ववियु केन्द्रिय कमिटिका सचिवालय सदस्य तथा बागलुङ इन्चार्ज शेखर खड्का (झलक) ले संयुक्त रुपमा गर्नुभएको थियो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न कुनै समस्या आउन नदिनका लागि अक्षय कोष निर्माण गर्नका दैनिक रुपमा पिउने चियाको पैसा सामाजिक कार्यमा खर्चिनका लागि “चिया पिउदै सेवा“ अभियान शुभारम्भ गरिएको अनेरास्ववियु धवलागिरी बहुमुखी क्याम्पस कमिटीका संयोजक अनिल शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *