बुहारीलाई मर्न बाध्य बनाएको अभियोगमा १ वर्ष कैद सजाय पाएका निसीखोलाका मल्ल फैसला आएका दिन जेलमुक्त

सिर्जना पन्त, बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झाना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा जेठाजु थम्मनबहादुर मल्ललाई १ वर्ष कैद सजाय भएको छ ।

मल्ल साजय फैसला भएकै दिन कैद मुक्त भएका छन् । सम्झना २०७६ असोज २२ गते राती झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सम्झानाका दाजु तुलबहादुर शाहीले बहिनीका जेठाजु थम्मनबहादुर, मेघध्वज र जेठानी मिठुकुमारी मल्ल विरुद्ध बहिनीलाई कुटपिट गरि झुण्डाएर हत्या गरिएको भन्दै उजुरी प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस १९ गतेको अन्तिम आदेशले आंशिक अभियोग दावी पुग्ने भन्दै थम्मनलाई कैदसँगै २५ हजार जरिवाना फैसला ग¥यो । मेघध्वज र मिठुलाई भने अदालतले सफाई दियो ।

प्रहरीले आरोपित तीनै जनालाई २०७८ पुस १५ गते पक्राउ गरी ०७८ माघ १० गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

अदालतको ०७८ माघ १५ गतेको आदेशले थम्मन र मेघध्वज पुर्पक्षको लागि थुनामा रहेका थिए भने मिठु ३ लाख ५० हजार धरौटिमा छुटेकी थिइन् ।

अदालतले थम्मनलाई १ वर्ष कैद सजाय फैसला गरेपनि पुर्पक्ष र अनुसन्धानको क्रममा बसेको हिरासतको समय जोड्दा सजाय भुक्तान भइसकेको छ । उनि सजाय निर्धारण भएकै दिन कैद मुक्त भएको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताउनुभयो ।

अदालतको अन्तिम आदेशमा मृतक सम्झनालाई कुटपिट गरि झुण्डाएर हत्या गरेको अभियोगमा थम्म्न, मेघध्वज र मिठुले सफाई पाए पनि थम्मनबहादुरले सम्झनालाई झुण्डिएर मर्न बाध्य बनायएको अभियोग ठहर भएको हो ।

झुण्डिएर मर्न बाध्य बनाएको कसुरमा थम्मनबहादुर मल्ललाई आत्महत्या दुरुसात्न अभियोग अनुसार कैद साजाय फैसला भएको जिल्ला अदालत बागलुङका श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *