अनुमती बिना सेती नदीमाथि पुल निर्माण थालेपछि पृथ्वीनारायण क्याम्पसको विरोध

आदर्श अनलाइन, पोखरा
पोखराकै ठूलो क्याम्पस पृथ्वीनाराय क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथी पुल निर्माण सुरु गरेपछि क्याम्पसका विद्यार्थी एवं प्रध्यापकहरु आन्दोलित भएका छनभने क्याम्पस प्रशासनले विरोध गरेको छ । पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको कित्ता नम्बर ८३३ को झण्डै २ सय २३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा महानगरपालिका वडा नम्वर १ र ११ नम्बर जोड्ने गरी पुल निर्माणका लागि निर्माण स्थल सम्म सामाग्री पु¥याउन बाटो मागेपछि उक्त कुरा बाहिर आएको हो ।

उक्त बिषयको बारेमा पृथ्वी नारायण क्याम्पसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त पुल निर्माण कार्य बन्द गर्न र क्याम्पसको हित विपरित काम नगर्न समेत चेतावनी दिएको छ । निर्माणाधिन पुल सो जग्गा भु माफियाले १ सय ६२ जनाको ३ सय १८ वटा कित्ताबाट भएकोले प्रशासन तर्सिएको हो । सो कित्ताकाट २०५८ सालमा मालपोत कार्यालयले खारेज गरेको छ । उक्त जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रकृया समेत अगाडी वढिसकेकाले उक्त जग्गा क्याम्पसको भएको क्याम्पस प्रमुख सरोज कोइरालाले वताउनुभयो । कोइरालाले भन्नुभयो हामी बिकास विरोधी होइनौ, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमती दिन सकिन्छ ।’

क्याम्पस रहेको जग्गा तत्कालीन समयमा रत्नाखर पराजुलीले १८७७ मा वृता पाएको जग्गा हो । सो जग्गा क्याम्पसको नाउँमा पराजुली परिवारले दिएका थिए । तर जग्गाको मूल्यसँगै महत्व बढ्दै गएपछि २०४५ सालमा सोही परिवारबाट दर्ता छुट भनि कित्ता काट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै विभिन्न अदालतको निर्णयबाट क्याम्पसकै भोगचलन दिने देखिएको छ । क्याम्पसले बिकास विरोधी होइन भनिरहदा पोखरा–२० भलाम, ११ फुलबारी र वडा नं १ र ३ का नागरिकले फाइदा पाउनेछन ।

हाल पि.एन क्याम्पसको स्वामित्वमा झन्डै ७ सय १६ रोपनी जग्गा रहेको छ । पुल निर्माणको विरोधमा भन्दा पनि क्याम्पसको नाममा नआएको जग्गा भुमाफियाको चङ्गुलमा पर्छ कि भनेर तर्सिएको बुझिएको छ । २०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस गण्डकी प्रदेशको मात्रै नभइै मुलुककै अग्रणी शिक्षण संस्थाको रुपमा पाईन्छ ।
यस क्याम्पसमा ५ वटा संकायका ३३ वटा विभाग र ३४ बिषयमा झन्डै १५ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *