कक्षाकोठा अभावको समस्या झेल्दै जैमिनीको जनता विद्यालय

खेमराज गौतम, बागलुङ
भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन, अन्य तीन कक्षा खुला आकाशमुनी । विद्यालयको प्राङ्गणमा कार्पेट माथि चलिरहेको पठन पाठनको दृश्य बागलुङको जैमिनी नगरपालिका भित्रको हो ।

दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनी स्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठन–पाठन गराईएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुले खुला आकाशमुनी पठन पाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्ष अघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो । दुई वर्ष देखि अस्थायी छाप्रोमा समस्याका बीच पठन–पाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनी पठन पाठन भइरहेको विद्यालयका प्रधानध्यापक कृष्ण कुमारी श्रीसले जानकारी दिनुभयो ।

“तीन वर्ष अघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा प¥यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्ष देखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रो सहित पठन–पाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ” प्रधानध्यापक श्रीषले भन्नुभयो “अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि अहिले तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठन–पाठन गराईन्छ भने दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठन–पाठन गराइन्छ ।”

विद्यालयमा कक्षा १ देखि पाँच कक्षा सम्म जम्मा ३१ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयमा कक्षाकोठाको अत्यन्तै अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत तत्कालका लागि दुई वठा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई वटा कक्षा कोठा माग गरिएको छ ।

कक्षाकोठा बन्नका लागि समय लाग्ने भएपछि अझै एक वर्ष विद्यालयमा विद्यार्थीलाई पठन पाठन गराउन समस्या भइरहेने विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो । “यो वर्ष दुई वटा कक्षा कोठा निर्माण हुन्छन्, थोरै विद्यार्थी भएकाले कक्षाकोठालाई बाढेर पढाउन सकिन्छ तर त्यो असार सम्म बनीसक्नेछ त्यसवेला सम्म पुन अस्थायी छाप्रोमा विद्यार्थीलाई राखिन्छ” छन्त्यालले भन्नुभयो “विद्यार्थीलाई खुला आकाशमुनी पढाउनु हाम्रो रहर हैन, तत्कालै अस्थायी छाप्रो सार्नका लागि प्राङ्गणमा पढाइएको हो, पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ ।”

छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक हुँदै गएपछि विद्यार्थीको संख्यामा समेत क्रमश कमी हुँदै आएको छ । विद्यालयमा पक्की शौचालय भने निर्माण भइसकेको र शुद्ध खानेपानीको समेत व्यवस्थापन भइसकेको छ ।

जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठन पाठन गराउन सहज भएपनि वर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताउनुभयो । ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हुदा पठन पाठन प्रभावित हुने गरेको छ भने संयुक्त कक्षा सञ्चालन गर्न समेत विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताउनुभयो ।

विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्नका लागि राष्ट्रपति शैक्षिक सुधार मार्फत बजेट आएर काम थाल्न लागिएको बताउदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *