नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा मनकुमारी केसी

आदर्श अनलाइन, बागलुङ
नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा मनकुमारी केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको १० औं वर्षिक साधारण सभाबाट आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष तथा सल्लाहकार समेत रहनुभएका केसीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र राजेन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा सरस्वती पोखरेल, महासचिवमा लेखनाथ ढकाल, कोषाध्यक्षमा नवराज छत्कुली, सञ्चालकमा सीता पौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिमबहादुर कार्की, विजिन पोखरेल, राम सुवेदी, आस्था केसी, लेखथान खतिवडा र लक्ष्मी बोहोरा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको सदस्यमा श्याम खड्का र दानबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *