प्रगति बहुउद्देश्यी सहकारीको १६ औँ वार्षिक साधारणसभा

आदर्श अनलाइन, बागलुङ
प्रगति बहुउद्देश्यी सहकारी संस्था लिमिटेड बागलुङको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उत्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले यस सहकारीले नाफामुलक भन्दा पनि सेवामुलक काम गरेको बताउनुभयो ।

सहकारीको नीति, सिद्धान्त र मर्म अनुसार आफूहरुले सहकारी संचालन गरेको भन्दै शेयर सदस्यलाई ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो । संस्थाका सदस्यले जति बेला पनि सहज र सरल रुपमा सेवा लिन सक्ने उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष दिपक गौतम, जेष्ठ शेयर सदस्य रमाकान्त पौडेल, पूर्व कोषाध्यक्ष पृथ्वीराज गौतम, शेयर सदस्य डिल्लीराज गौतम सल्लाहकार टिकाराम सापकोटा, विष्णु प्रसाद शर्मा आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा संस्थाले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बाल बचत कर्ता, जेष्ठ नागरिकलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा संस्थाका सचिव उदयचन्द्र चापागाईंले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल्सीराज गौतम आर्थिक प्रतिवेद प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, स्वागत उपाध्यक्ष तोयानाथ गौतम र सचिव उदयचन्द्र चापागाईंको संचालनमा सम्पन्न भएको थियो । संस्थाको शेयर पूँजी सात करोड २२ लाख ८८ हजार ५०० रहेको छ । यस वर्ष संस्थाले दुई अर्वको कारोबार गरेको सचिव चापाकाईंले जानकारी दिनुभयो । संस्थामा एक हजार १४ शेयर सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *