कालिका सहकारी को ५ औं साधारणसभा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सहकारीलाई नियमन मात्र नगरी प्रवद्र्धनको लागि सरकारले काम थालेको बताउनु भएको छ । उहाँले सहकारीको मोडल राज्यका हरेक निकायले पनि आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

शनिबार बागलुङ स्थित कालिका सहकारी संस्थाको ५ औं साधारणसभा उद्घाटन गर्दै सहकारीले छरिएको पूजि एकीकरण गरेर देशको बिकासको साझेदार बनेको बताउनुभयो । गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले पनि सहकारीलाई साथ लिएर काम गरे सफल हुने उहाँको भनाई छ ।

कार्यक्रममा पूर्व मन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेशका पूर्व सदस्य इन्दलाल सापकोटा, श्रीप्रसाद शर्मा, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र उपाध्यक्ष गीता शर्माको संचालनमा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य कृष्णराज शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कालिका सहकारी बागलुङकै पुरानो सहकारी हो । २०३२ सालमा स्थापना भएपनि बिभिन्न कारणले सुस्ताएको सकारीलाई जनता संचार सहकारी र हाम्रो धौलागिरी सहकारीमा गाभेपछि सहज रुपमा संचालनमा आएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *