मिरमिरे सहकारीको अध्यक्षमा शर्मा निर्वाचित

आदर्श अनलाइन, बागलुङ
मिरमिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित हुनु भएको छ । सहकारीको १६ औँ वार्षिक साधारण तथा अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

संस्थाको उपाध्यक्षमा टेकबहादुर केसी, सचिवमा थानेश्वर सुवेदी, सहसचिवमा मिना शर्मा आचार्य र कोषाध्यक्षमा पदमबहादुर खत्री सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत रिप्रसाद गौतमले जानकारी दिनुभयो ।

संचालक सदस्यमा सुमित्रा जैसी, सरिता शर्मा, माया खड्का, होमनाथ गौतम, खगराज शर्मा, सितादेवी क्षेत्री, डिलमाया थापा क्षेत्री निर्वाचित हुनु भएको छ । लेखा समिति सदस्यमा दुर्गादेवी गौतम र सिता क्षेत्री निर्वाचित हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *