कपडा तथा फेन्सी व्यवसायी समितिको १३ औँ साधारण सभा सम्पन्न

मन कुमारी केसी, बागलुङ
कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको १३ औँ वर्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले व्यवसाय र व्यवसायीको प्रवद्र्दनको लागि बागलुङ नगरपालिका सधै तत्पर रहेको बताउनुभएको थियो ।

घट्दो व्यापारले व्यवसायी, व्यसायलाई मात्र नभएर सिंगो नगरपालिका र देशनै आर्थिक संकटको चपेटामा परेको भन्दै उहाँले सबै मिलेर अफ्ट्यारो परिस्थतीको समाना गर्नुपर्ने बताउनुभयो ।
साधारण सभाले आगामी शनिबारदेखी बागलुङ बजारका फेन्सी व्यवसायीले व्यवसायीले हरेक शनिबार पसल बन्द गर्ने निर्णय गरेको छ ।

साधारण सभाले लामो समय व्यापार व्यवसाय गरि संस्थालाई सहयोग पु¥याएको भन्दै हरिकृष्ण भारी, हरिलाल सुवेदी, रघुनाथ राजभण्डारी र शोभा कुमारी पौडेललाई सम्मान गरिएको थियो ।

साधारण सभामा बागलुङ उद्योग वाणिज्य संघ बागलुङका उपाध्यक्ष राजन कुमार शाक्य, नेपाल राष्ट्रिय व्यापार संगठन बागलुङका उपाध्यक्ष प्रकाश प्रसाद शर्मा, बालकृष्ण सापकोटा, अर्चना पालिखे, कोपिला कंडेल, शैलेन्द्र कुमार श्रेष्ठ, हरिलाल सुवेदी र नारायण पैडेलले बोल्नुभएको थियो ।

संघका सचिव प्रेमलाल गौतमले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोकुल कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभा संघका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता र दृतिय उपाध्यक्ष गोविन्द सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *