गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारीको ११ औँ साधारण सभा

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी बजारमा रहेको गोर्खा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मिनबहादुर कार्कीले सहकारीले भूतपूर्व सैनिक मात्रै नभएर उनीहरुको परिवार तथा अन्य व्यक्तिहरुका लागि पनि सदस्य बनाएर आर्थिक कार्य गरेको बताउनुभएको थियो ।

बेनी बजारमा भएको सहकारीको केन्द्रीय साधारणसभा संस्थाका अध्यक्ष देउप्रसाद छन्त्यालको अध्यक्षता, संस्थाका उपाध्यक्ष खुमबहादुर बानियाँको स्वागत र सचिव रमेश फगामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीको साधारणसभाको उद्घाटन सत्र कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समिति संयोजक प्रेमबहादुर भण्डारी, कोषाध्यक्ष कृष्णबहादुर पुन, शेयर सदस्य रत्नबहादुर बिश्वकर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।

गत असोज २९ गते पश्चिम म्याग्दीको धौलागिरी तथा मालिका गाउँपालिकाका शेयरसदस्यहरुको इकाइसभा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको थियो । त्यस्तै अर्को इकाइ भेला गत कार्तिक ५ गते बेनी नगरपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाका सदस्यहरुका लागि बेनीमा भएको थियो ।

इकाइ सभाबाट चयन भएका १५१ प्रतिनिधिको सहभागितामा शनिबार बेनीमा केन्द्रीय साधारणसभा भएको सहकारीका प्रवन्धक शिव खड्काले बताउनुभयो ।

गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाको कुल दुई करोड, ९६ लाख ९० हजार आठ सय रुपियाँ कुल शेयर पुँजी रहेको संस्थाको नाउँमा बेनी बजारको बीरेन्द्र चोक नजिकै तीन करोड २६ लाख ७७ हजार ९२ रुपियाँ मुल्य पर्ने जग्गा सहितको आफ्नै भवन रहेको कोषाध्यक्षको प्रतिबेदनमा उल्लेख छ । संस्थाले ४७ लाख ९७ हजार तीन सय ९७ रुपियाँ विभिन्न कोषहरुमा रकम छुट्याएको संस्थाका कोषाध्यक्ष कृष्णबहादुर पुनले बताउनुभयो ।

१९ करोड ९३ लाख ९१ हजार छ सय २४ रुपियाँ बचत संकलन गरेको संस्थाले १७ करोड १७ लाख ५० हजार छ सय ५७ रुपियाँ ऋण लगानी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *