सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको ८ औं वार्षिक साधारणसभा


–आदर्श अनलाइन, बागलुङ
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको ८ औं वार्षिक साधारणसभा शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभा सदस्य नर बहादुर थापाले सहकारीले कृषिमा व्यवसायिक रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले केही कृषि सहकारीहरुले कृषिमा नमूना कार्य गरिरहेको बताउदै सबै कृषि सहकारीले कृषि क्षेत्रमा उल्लेख्य योगदान गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मण केसी, बिवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्मा, सहकारी संस्थाका कानूनी सल्लाहकार डिल्लिराज गौतम, हरिकृष्ण गौतम र संस्थाका सल्लाहकार डिल बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट कारोबार गर्नेलाई सम्मान गरिएको थियो ।

यस्तै संस्थाले वार्षिक रुपमा प्रदान गर्दै आएको सिम्रिक कृषि पत्रकारिता पुरस्कार धौलागिरी जागरण दैनिकका पत्रकार खेमराज गौतमलाई प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव रमेश पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगन्नाथ सापकोटाको आर्थिक प्रतिवेदन तथा लेखा समितिबाट लेखा तथा सुपरीवेक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष चुडामणी उपाध्यायको अध्यक्षता, उपाध्यक्ष रिता थापाको स्वागत तथा सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले आर्थिक कारोबार संगै भिमापोखरामा रहेको १० रोपनी जग्गामा उखु खेती र कुडुँलेमा रहेको २ रोपनी जग्गामा बेसार खेति गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *