बागलुङ बहुउद्देश्यीय सहकारीको नाफा एक करोड ७० लाख

आदर्श अनलाइन, बागलुङ
बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले एक करोड ७० लाख बढि खुद मुनाफा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ७० लाख ७२ हजार सात सय ३० रुपैयाँ खुद मुनाफा गरेको संस्थाले जनाएको छ । सहकारीको २१ औं वार्षिक साधारणमा सभामा कोषाध्यक्ष राजेन्द्रप्रसाद शाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आयव्ययबाट एक करोड ६१ लाख बढि र सहकारी पसलबाट ९ लाख ६० हजार बढि मुनाफा भएको उल्लेख गरिएको छ । ६७२ जना सेयर सदस्य रहेको सहकारीको कुल सेयर पूँजी ६ करोड ५० लाख ४४ हजार ७ सय रुपैयाँ रहेको छ ।

संस्थाले विभीन्न शिर्षकमा ७ करोड ५ लाख १५ हजार एक सय ४४ रुपैयाँको कोष पूँजी राखेको छ । गत आर्थिक वर्षको अन्तसम्म संस्थाबाट ऋण लगानी भएकोमध्ये एक करोड ७० लाख व्याज असुली गर्न बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहकारी संस्थाले उद्देश्य अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

उनले सेयर सदस्यहरुको आर्थिक जीवन उकास्नका लागि सहकारीले ध्यान दिनुपर्ने बताए । बागलुङ बहुउद्देश्यीय सहकारी संघ लि. बागलुङका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, नेफ्स्कुनका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्मा पौडेल, जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिङ्गल जिसी, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुँवर, संस्थाका संरक्षक देवबहादुर श्रेष्ठ, सल्लाहकार श्याम श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुबास, स्वास्थ्य सहकारी संस्था लि. बागलुङकी अध्यक्ष सीता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले संस्थाका उपाध्यक्ष योगनाथ कँडेलले दिएको राजिनामा स्वीकृत गर्दै उक्त पदमा विदेशकुमार श्रेष्ठ र लेखा समिति संयोजक रामचन्द्र शर्माले दिएको राजिनामा स्वीकृत गर्दै उक्त पदमा महेन्द्रसिंह रायमाझीलाई चुनेको छ । उक्त अवसरमा चल्ती बचत, ज्येष्ठ नागरिक बचत आवधिक बचत, दैनिक अवधी बचत, असल कारोबारी दुई दुई जना गरी १० जनालाई नगद पाँच हजार सहित सम्मा गरेको छ । त्यसैगरी उत्कष्ट बचतकर्ता ५ जनालाई पनि नगद पाँच हजार सहित सम्मान गरिएको छ ।

नियमित बचत कारोबार गर्ने बचत कारोबार कर्ता २० जनालाई तीन हजार नगद सहित सम्मान गरिएको भने असल बचतकर्ता ८७ जनालाई दुई हजार नगद सहित सम्मान गरिएको छ । उनीहरुको सम्मान रकम खातामा राखिदिने बताईएको छ । कार्यक्रमा उत्कृष्ट कर्मचारी क्यासिएर बिना केसीलाई पनि नगद सहित सम्मान गरिएको छ । संस्थाका सहसचिव उषा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद गौतमले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *