बाइकर्सद्वारा बागलुङ बजारको खाल्टाखुल्टी मर्मत


आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा खाल्टाखुल्टीका कारण यात्रुलाई निकै सास्ती छ । लामो समयदेखि नगरपालिकाले खाल्टाखुल्टी टाल्न नसकेर समस्या देखिएपछि नगरपालिकाप्रति स्थानीयले आक्रोश व्यक्त समेत गर्दै आएका छन् ।

बागलुङ बजारको मुख्यतया हल्लनचोक देखि जीप पार्कसम्मको सडकमा बढी खाल्टाखुल्टी परेपछि बागलुङ बजारमा नवगठित धौलागिरी बाइकर्स बागलुङले बागलुङ बजारका खाल्टाखुल्टी पुर्न थालेको छ ।

बाइकर्सले बागलुङ बजारको धौलागिरी चोक देखि जीप पार्क सम्मको सडकमा रहेको खाल्टाखुल्टी शनिबार राती पुरेको छ । यस्तै धौलागिरी चोक देखि हल्लनचोक सम्मको सडकको खाल्टाखुल्टी आईतबार राती पुर्ने योजना रहेको बाइकर्सका प्रतिनिधि सुरज खत्रीले बताउनुभयो । खाल्टाखुल्टी पुर्ने कार्य रातीको समयमा गरिने बाइकर्स बागलुङले जनाएको छ ।

खत्रीका अनुसार सम्बन्धीत निकायलाई जवाफदेखि बनाउन बाइकर्समा आबद्धहरुबाट सहयोग संकलन गरी सडकका खाल्टा खुल्टी पुर्न लागिएको बताउनुभयो ।

“यो बागलुङ बजारमा खाल्टाखुल्टीको समस्या निकै छ, हामीले सकरात्मक सन्देश दिन खोजेका हौं” खत्रीले भन्नुभयो “बाइकर्समा आबद्ध साथीहरुबाट स्वतस्र्फूत रुपमा सहयोग उठाएर सडक मर्मत गरेका छौं ।”

बागलुङ नगरपालिकाले बागलुङ बजारमा ढल परियोजना सञ्चालन गर्न थालिएको भन्दै लामो समयदेखि सडक मर्मत नगरिएको बताउदै आएको छ । नगरपालिकाले खाल्टाखुल्टीको समस्या बढ्दै गएपछि यो आर्थिक वर्षमा सडक मर्मत गर्नका लागि स्टमेट बनाइसकेको बागलुङ नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *