आदर्श सञ्चारको सदस्य भेटौ : सदस्य सुनौ कार्यक्रम जिल्लाव्यापी बनाइने


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था सहकारी संस्था लिमिटेड बागलुङले सदस्य भेटौ : सदस्य सुनौ अभियानलाई जिल्ला व्यापी रुपमा सञ्चालन गर्ने भएको छ । संस्थाको १६ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले आइतवार आयोजना गरेको पहिलो कार्यक्रम सदस्य भेटौ सदस्य सुनौ कार्यक्रमका अवसरमा अभियानलाई जिल्ला व्यापी बनाउने जानकारी दिइएको हो ।



साधारणसभाले आगामी १० वर्षमा ५० हजार शेयर सदस्य र ५ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य निर्धारण गरेको छ, साधारणसभाले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिका लागि सदस्य भेटौ ः सदस्य सुनौ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिनुभयो ।



२०७० सालमा बनाएको १० वर्षे रणनीतिक योजना आगामी असार मसान्तमा सकिदैछ, अध्यक्ष जिसीले भन्नुभयो, असार अगावै २०९० साल असार मसान्तसम्मको योजना निर्माण गरेर संस्थाका गतिविधिलाई अगाडि बढाउछौ ।

१६ औं वार्षिक साधारणसभापछि पहिलो पटक आइतवार सांझ आयोजना गरिएको सदस्य भेटौ ः सदस्य सुनौ कार्यक्रममा संस्थाले २०९० साल सम्म लिएको ५० हजार शेयर सदस्य बनाउने लक्ष्य, दीर्घकालिन बचत बढाउने योजना र थप रणनीतिक योजनाहरुका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभयो ।



सम्पादक जिसीले संस्थाले ल्याएको योजनामा शेयर सदस्यहरुको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाले शेयर सदस्य लक्षित कार्यक्रमहरु ल्याउदै आएको बताउदै संस्थाको दीगो विकासका लागि शेयर सदस्यहरु अझै सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका शेयर सदस्यहरु महेचन्द्र प्रधान, बाबुराम लम्साल, रतन मलेपति, हायश्वर सुवेदी, मुकुन्द शर्मा, तिलक रिजाल, सुलभ प्रसाद श्रेष्ठ, चन्द्र बहादर क्षत्री र सरोजराज पन्तले आदर्श सञ्चार सहकारी संस्थाले लिएका लक्ष्यहरुलाई पुरा गर्न आफूहरु साथमा रहेको भन्दै सदस्यमैत्री काममा लाग्न आग्रह गर्नुभएको थियो । उहाँहरुले सदस्यका गुनासो, सुझावलाई मनन गर्दै संस्थाले आगमी लक्ष्य पुरा गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।



कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थामा निरन्तर कारोबार गर्ने १ सय ५० जना शेयर सदस्यको सहभागिता रहेको थियो । प्रत्येक महिना थप १ सय ५० जना शेयर सदस्यसंग सदरमुकाममा र वडा स्तरमा भेला तथा अन्तरक्रिया कार्यक्रम गरिने अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको छ ।

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *