जलजलामा छ कोठे विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिका–४ जलजला स्थित वनस्पति माध्यमिक विद्यालयको छ कोठे भवनको शिलान्यास गरिएको छ । भवनको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले शिलान्यास गर्नु भएको हो ।

शिलान्यासपछि बोल्दै अध्यक्ष अधिकारीले समाज रुपान्तरणको प्रमुख अंग शिक्षा भएको भन्दै पालिकाले शिक्षालाई प्राथमितामा राखेर काम गरि रहेको बताउनुभयो । उहाँले शिक्षालाई गुणस्तरी र जीवनउपयोगी बनाउनका लागि हरेक विद्यालयका भौतिक संरचना, दक्ष जनशक्तिको व्यवस्थापनलाई जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “जब शैक्षक क्षेत्र बलियो भन्छ, तब समाज परिर्तन हुन धेरै समय लाग्दैन, हामीहरुले पालिकाका हरेक विद्यालयमा गुणस्तरी शिक्षाका लागि दक्ष जनशक्ति र भौतिक संरचना निर्माणमा जोड दिएका छौँ, शिक्षालाई विज्ञान, प्रविधिसँग जोड्ने गरि कामको थालनी गरेका छौँ ।”

रेशिभा कन्ट्रक्सनले असार मसान्तसम्म सम्पन्न गर्ने गरी एक करोड ६६ लाख रुपैयाँमा सम्झौता गरेर काम सुरु गरेको छ । भवन केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन थालेको हो ।

शिलान्यास कार्यक्रममा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन, इन्जिनियर लक्ष्मण कुवँर, सुचना अधिकारी थम्मन बहादुर रेश्मी, निर्माण कम्पनीका प्रतिनिधि,स्थानीय लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्