लिला बहादुर खड्का
पृथ्वीनारायण शाह को जन्म विस १७७९ पौष २७ गते गोरखामा भयको थियो | पिता नरभूपाल शाह को निधन पछी बि स १७९९ मा गोर्खा का राजा भय का थिए| उनिबाल्य काल देखि नै अत्त्यंत सुरबीर , निडर, साहसी,पराक्रमी, तीक्ष्ण बुद्धि, अति दूरदर्सिता भयका व्यक्ति थिए | उनले नेपालका साना तिना राज्यका धेरै भुरे राजाहरुलाई हरायर आधुनिक नेपालकोनिर्माणगरेका थिए | उनले नेपाल एकीकरण गर्नको लागि धेरैसाना तिना राजाहरु संग लडाई लड्नु परेको थियो यी लडाई मध्ये केहि खास लडाई का केहि उदाहरण यस प्रकार छन् :-
पृथ्वी नारायण शाहले विस १८१४ मा क्रितिपुर मा आक्रमण गरे | यो लडाई मा क्रितिपुर का राजाका तर्फ बाट ३०० सैनिक थिए| दुवै तर्फ का सैनिकहरु बीच बल्खु खोलामा ६ घण्टा सम्म लगातार आपसमा भिडन्त भयो | यो लडाइमा धेरै गोर्खालीहरु हताहत भए | स्वयम पृथ्वीनारायण शाह पक्राउ परे | राजामार्नहुन्न भन्ने मान्यता भयकोहुनाले उनलाई छोडियो | यो लडाइमा कालु पाण्डे जस्ता महान योद्धाको लागि कोमृत्यु भयो | त्यस पछी पनि पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नको लागि धेरै भुरे राजा हरु संग लडाई लड्नु पर्यो र बिरोधि पक्ष्य का धेरैले आत्म समर्पण गरेको थिए | लगभगयसै समय मा अंग्रेज सेना पति किनालकले करिब २४०० अंग्रेज सेनाका साथ पुर्बी नेपाल को सिन्दुली गडी हुदै काठमाडौँ तिर बडी रहेको थियो | यो कुरा पृथ्वी नारायण शाह ले थाहा पाएपछी देश को रक्ष्या को लागि बिरभु पाण्डे र बिर्भु उपाध्याय र बाँसुगुरुङको नेतृत्त्व को टोलीले अंग्रेज सेना माथि आक्रमण गरेको थियो फेरी पनि अंग्रेज सेना रोकिएनन यसरि अंग्रेज सेना अघि बढेको देखेर बंसराज रबिरभूउपाध्याए को सेनाले पौवा गडी मा उनीहरु माथि आक्रमण गरेका थिए | यो आक्रमण बाट बच्न को लागि अंग्रेज सेना आफ्ना हात हतियार र बन्दुक त्यहि ठाउमा छोडेर प्राण बचाउन जंगल तिर भागे का थिए |
यस प्रकार पृथ्वी नारायण शाहलेधेरै भुरे राजा हरु लाइ लडाई मा हरायर नेपाललाई एकीकरण गरेर आधुनिक नेपाल बनाउन सफल भयका थिए | तर बिडम्बना को कुरा यो छ कि नेपाल का केहि नेताले पृथ्वी नारायाण शाह छदै थियनन र उनले नेपाल एकीकरण गरेका होइनन भनेर बक्तब्य दिदै हिडेका छन् | कसैले त पृथ्वी नारायण शाह को शालिक तोड्दै रउनको शालिक भत्काउदै हिडेका हिडेका छन् |यदि पृथ्वी नारायण शाहले नेपाल एकीकरण नगरेको भए आधिनिक नेपाल को परिकल्पना हुन सक्ने थियन |यदि पृथ्वी नारायण शाहले नेपाल लाइ एकीकरण न गरेको भए पृथ्वी नारायण शाह को बिरोध गर्ने हरु आज नेपाली भएर बस्न पाउने थियनन होला | फेरी पनि यति ठुलो महान व्यक्ति लाई न कुनै रानीतिक दलले उनलाईमहत्त्व दियको छ न त नेपाल सरकारले पृथ्वी नारायण शाहलाइ कुनै महत्त्व दियको छ | मेरो सरकार संग अनुरोध छ कि पृथ्वी नारायण शाहको तस्बिर नेपाली नोट मा छापिनु पर्छ| पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको हुनाले पौष २७ गते उनको जन्म दिनमासार्बनिक बिदा हुन पर्छ भन्दै नेपाल सरकार संग जोरदार अपिल गर्न चाहन्छु | जे भए पनि इतिहास मेटाउन कसैले सक्दैन | त्यस कारण नेपाल निर्माण मा पृथ्वी नारायण शाहकोमहान योगदान को मुल्यांकन गर्दै पृथ्वी नारायण आधुनिक नेपाल का निर्माता हुन् |
पृथ्वी नारायण शाहगकोनुवाकोट दरबारमा गम्भीर बिमार भए | उनकोइछ्या अनुशार उनलाई त्रिशुली नदिको किनारा देवी घाटमा लगियो त्यहाँनै उनको ५२ वर्ष को उमेरमाबि स १८३१ माघ १ गते बिहान ७ बजे उनको निधन भयो |