रेडक्रस सोसाइटी मालिका उपशाखाद्धारा स्टेचर सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले साबिकका वडाहरुमा स्टेचर सहयोग गरेको छ । उपशाखाले मालिकाको तल्लो बान्द्रे देखी साबिकको वडा नम्वर ९ सम्मका बिभिन्न टोलमा गरी ११ वटा स्टेचर सहयोग गरेको हो ।

वडाका सबै टोलहरुमा सडक विस्तार नभएकोले जो कोही बिरामी परेको बखत वा जेष्ठ नागरिकलाई स्वास्थ्य संस्था सम्म पु¥याउनका लागि सहयोग पुग्ने उदेश्यले स्टेचर वितरण गरिएको उपशाखाका अध्यक्ष रेशम सापकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेले सम्बन्धीत वर्गका लागि यस प्रकारका कार्य, सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले सबैको दुखसुखमा साथ दिने नै रेडक्रसको उदेश्य भएको बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका– ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, सदस्य चक्रपाणि शर्मा, पुर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण श्रेष्ठ र अर्जुन कार्कीले स्टेचरको प्रयोगको बारेमा सहजीकरण गर्नु भएको थियोे । स्टेचर मालिका समाज जापानले सौजन्य गरेको थियो ।

कार्यक्रम रेडक्रस सोसाईटी मालिका उपशाखाका अध्यक्ष रेशम सापकोटाको अध्यक्षता, सदस्य सिता सापकोटाको स्वागत मन्तव्य र सचिव मातृका प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *