दलहरुले आफ्नो प्रतिबद्धता पुरा गरे देश समृद्ध हुन्छ : राष्ट्रियसभा अध्यक्ष

आदर्श अनलाइन, म्याग्दी
यही वर्ष सकिएका दुई वटा निर्वाचनमा गरेको प्रतिबद्धता राजनैतिक दलहरुले पुरा गरे मात्रै पनि देश समृद्ध हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । सातौं म्याग्दी महोत्सव–२०७९ को एक समारोहका बीच बेनीमा उद्घाटन गर्नुहुँदै राष्ट्रियसभा अध्यक्षले उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रियसभा अध्यक्षले भन्नुभयो–गएको स्थानीयतह निर्वाचन र आम निर्वाचनमा राजनैतिक दलहरुले जारी गरेको प्रतिबद्धता मात्रै पुरा गरेपनि मुलुक समृद्ध हुने बताउनुभयो । अहिले पनि मुलुक विकास र समृद्धिको मार्गमा अगाडीबढेको बताउदै भन्नुभयो प्रतिबद्धता जारी भएको छ ब्यवहारमा लागु होस मुलुकको समुन्नती चाँडै हुन्छ ।

देशमा सुसासन, पारदर्शीता, बिधिको सासन र भ्रष्टाचार अन्त्य हुनु पर्ने उहाँको भनाई थियो । संविधानसभाबाट संविधान बनेको र त्यस पछिका बिधिहरु अगाडी बढेकोले मुलुकको नेतृत्व गर्नेले कार्यान्वयनमा लानु पर्ने र प्रतिपक्षले खबरदारी गर्नुपर्ने उहाँको भनाई थियो ।

उद्योग ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं भन्ने मुल नाराका साथ शुरु भएको महोत्सव उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो– ‘विदेशमा रोजगार गर्नेहरुलाइ स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउनकालागि पनि राजनैतिक दलका प्रतिबद्धता पुरा भए मात्रै पनि पुग्ने बताउनुभयो ।’

कालिगण्डकी करिडोर देशभरकै महत्वपूर्ण योजना भएकाले सबैले ध्यान दिनु पर्ने बताउनुभयो । मालढुङ्गा बेनी १३ किलोमिटर सडक ९९ करोडको बजेटको कार्यक्रम हो । उहाँले टेण्डर प्रकृया पुरा भएर पनि अगाडी बढेको भए पनि काम चुस्त हुन नसकेको प्रति गुनासो गर्नुभयो ।

कालिगण्डकी करिडोर सडक आयोजनाको कोरला नाका सम्म पनि पुगेको बताउँदै तिमिल्सिनाले कोरला नाका सञ्चालनका लागि पहल गरिनु पर्ने बताउनुभयो । अपर मुस्ताङको नाका खुल्दा अन्तरदेशीय ब्यापार हुने बताउँदै नेपाल र चीन मात्रै नभएर नेपाल भारत र चीनको त्रिदेशीय नाकाको रुपमा कोरलाको बिस्तार हुँदै गरेको बताउँदै भन्सारको लागि सरकारले जग्गा पाएकोले अब काम चाडै हुने बताउनुभयो ।

बेनी–जोमसोम–कोरला कालिगण्डकी सडक आयोजनाको प्रमुखलाइनै सँगै लिएर आफू कोरला नाका सम्म पुगेकोले सडकले तिब्रता पाउने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले करिडोरको म्याग्दी खण्डमा भौगोलिक कारणले केही समस्या भएको भए पनि सडक बिस्तार र स्तरोन्नतीले तिब्रता पाउनु पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *