कालीगण्डकी माविमा गठित रेडक्रद्वारा राहत वितरण

आदर्श अनलाइन, बागलुङ
बागलुङको कालीगण्डकी आवासीय माध्यमिक विद्यालयमा गठन गरिएको जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलले दुर्घटनामा परी घाइते भएका पीडितहरुलाई राहत वितरण गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ गणेश घुम्ति नजिक दुर्घटनामा परी घाइते भएका मनिष कंडेल र घरको करेसाबारीमा चिप्लेर घाइते भएका बा।न।पा– ३ गहते निवासी भिम बहादुुर घर्तीलाई जनही पाँच हजार र दश हजार रुपैंया सहयोग गरेको कालीगण्डकी मा।वि का शिक्षक सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रम कालीगण्डकी आवासीय माध्यमिक विद्यालयमा गठन गरिएको जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलका अध्यक्ष सृष्टि पौडेलको अध्यक्षता र शिक्षक नायक रमेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *