बागलुङका पाईजाले जिते अन्तराष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक

रोहन जि.सी, बागलुङ

बङ्गलादेशमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै बागलुङ बडिगाड गाउपालिकाका बडिगाड डोजोका खेलाडि गणेश पाईजाले स्वर्ण पदक जित्न सफल हुनु भएको छ ।

त्यस्तै प्रतियोगितामा ४५ केजिमा लक्ष्मण पुनले रजत पदक, विज्जल पाईजा र राजन कुमार पाईजाले रजत पदक जित्न सफल हुनु भएको छ। टिम ब्यबस्थापक तेजेन्द्र पाईजाको नेतृत्वमा बडिगाड डोजो सो प्रतियोगिता खेल्न गएको हो ।

बडिगाड डोजोका प्रमुख प्रशिक्षक रहेका राजन कुमार पाईजा सहित अन्य खेलाडी विभिन्न प्रतियोगितामा भाग लिएर बागलुङ र देश बाट प्रतिनिधित्व गर्दै खेल्दै आउनुभएको छ ।

बडिगाड गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत बडिगाड गाँउपालिकाको कार्यालयले खेलाडीहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ। बडिगाड गाँउपालिकाले कराते खेललाई विशेष रुपमा लिदै आएको छ र बडिगाड डोजोले पनि खेलकुदमा नया चिनारि लिन सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *