काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटना

आदर्श अनलाइन, कास्की

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थलबाट नजिकै घारेपाटन सेती खोचमा दुर्घटनाग्रस्त अवस्थामा छ ।

दुर्घटना भएको सूचना आए पश्चात अस्पताल र एम्बुलेन्सलाई हाई अलर्टमा राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । एटीआर ७२ जहाज रहेको दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *