गण्डकीको उपसभामुखमा बागलुङकी बिना थापा निर्वाचित

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित बागलुङकी थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत प्राप्त गर्नुभयो ।

थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत प्राप्त गर्नुभएको छ । उपसभामुखमा निर्वाचित थापाले आजै सपथ ग्रहण गर्नुभएको छ ।

कांग्रेस सांसद तामाङले आफ्नो पार्टीका २६ सांसदको मत प्राप्त गर्नुभयो । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित हुनुभएन ।

गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनुभएको थियो । प्रदेश सभाले आइतबार पोखरामै भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *