निर्माणधिन मानव मन्दिर सम्पन्न गर्न कास्कीमा मानवसेवाको महायज्ञ

आदर्श अनलाइन, पोखरा

मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि महायज्ञ हुने भएको छ ।

भवन निर्माण कोषको सहयोगार्थ माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको हो ।

खुला आकाशमुनी, सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्नेहरुकोे उद्धार, पालन पोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमको भवननिमार्ण एवं अक्षयकोष स्थापनाको लागि महायज्ञ गर्न लागिएको आश्रमका केन्द्रिय कोषाध्यक्ष तथा महायज्ञ संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा निर्माणधिन भवनको लागि आर्थिक जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको हो ।

आश्रमको भवन निर्माणका लागि मात्र नभएर आर्थिक जोहोका बेसाहाराको पालन पोषणका लागि कोष निर्माण गर्न जरुरी भएपछि पोखरामा श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ–२०७९ गर्न लागिएको तिमिल्सिनाले बताउनुभयो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम् ज्यूले कथावाचन गर्नुहुने छ ।

मानवसेवा आश्रम विगत एक दशकदेखि सामान्य अभिभावकत्व नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवहरुको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।

महायज्ञमा नियमित रुपमा विहान सात बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालिन भजन प्रस्तुत हुने जनाइएको छ । महायज्ञअन्तरगत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्जवलन गरिने जनाइएको छ ।

महायज्ञमा यसरी सहयोग गर्न सकिन्छ


कुनै पनि व्यक्ति वा संस्थाले मानवसेवा आश्रमको कुनै एक शाखाको भवन (मानवीय मन्दिर) निर्माणको लागि रु एक करोड, एघार लाख १११ योगदान गरी अपार पुण्य आर्जन र सधैँका लागि अमर हुने सुवर्ण अवसर सदुपयोग गर्न सक्नुहुनेछ । उक्त रकम योगदान गर्नुहुने महानुभावको ईच्छा बमोजिम भवनको नामाङ्करण गरिनेछ ।

उक्त भवनको कोठा निर्माणको लागि योगदान गर्ने महानुभावहरुको नाम कोठामा र अन्य दाताहरुको नामावली शिलालेखमा राखिने छ ।

मानवसेवा आश्रमको भवननिर्माण प्रयोजनका लागि नगद रु २१ लाख ११ हजार १११ योगदान गर्नुहुने महानुभावहरुको इच्छाअनुसार भोजनकक्ष र भान्साको नामाङ्करण गरिनेछ ।

मानवसेवा आश्रमको मेडिकल कक्ष निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुले रु एघार लाख ११ हजार १११ योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने मेडिकल कक्षमा दाताको नाम शिलालेखमा उल्लेख गरिनेछ ।

निर्माण हुने मानवसेवा आश्रमको भवन परिसरमा बागबगैँचा निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुको रु १५ लाख एघार हजार १११ योगदान गर्न सक्नुहुनेछ । उक्त बगैँचामा शिलालेखमा दाता÷सौजन्यकर्ताको नामावली राखिने छ ।

एक कोठा निर्माण अभियानअन्र्तगत रु पाँच लाख ११ हजार १११ रकम योगदान गर्न सकिने जनाइएको छ। देशभर निर्माण भइरहेको भवनका लागि सहयोग जुटाउन योगदान एक पटकको, स्मरण सँधैभरको अभियानअन्तर्गत एक कोठा निर्माण खर्च योगदान गर्न चाहनु हुने महानुभावहरुले रु ५ लाख ११ हजार १११ रुपैया योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण भएको कोठाको नामाङ्ककरण र समुद्घाटन दाताकै ईच्छाअनुसार हुनेछ ।

यसका साथै भान्सा, भोजन कक्ष, अतिथि गृह, मेडिकल कक्ष, थेरापी कक्ष, शौचालय, अभियन्ता तथा स्वयंसेवक आवास, गार्डेन (बाग बगैंचा) लगायत निर्माणमा योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने संरचनाको नामाङ्ककरण र समुद्घाटन दाता कै ईच्छाअनुसार हुनेछ । लक्ष्मी नारायण मन्दिर र धर्मशाला निर्माणका लागि स्इच्छाले सहयोग गर्न सकिन्छ ।

यस्तो छ अक्षयकोषतर्फ योगदान
अक्षयकोषतर्फ रु पाँच लाख एघार हजार १११ सहयोग उपलब्ध गराई मानवसेवा आश्रमको संरक्षणमा रहेको एक बेसहाराको आजिवन अभिभावक बन्न सक्नुहुनेछ । योगदान दातालाई बेसहाराको अभिभावक घोषण गरी सम्मानपत्रद्वारा सम्मान गरिनेछ । सहयोग रकम अक्षयकोषमा राखी व्याजबाट आएको रकम मात्र बेसहाराहरुको सेवामा सदुपयोग गरिनेछ ।

मानवसेवा आश्रमको अक्षय कोष स्थापनार्थ रु दुई लाख ६१ ह्जार १११ योगदान गरी मानवसेवा आश्रमको एक दिनभरको वार्षीक भोजनसेवा सादस्यता प्राप्त गर्न सकिनेछ । एक पटक रू एक लाख ११ हजार १११ योगदान गरी मानवसेवा आश्रमको एक समयको वार्षीक भोजनसेवा सादस्यता प्राप्त गर्न सकिनेछ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट उक्त शाखामा हरेक वर्ष एक समयको भोजनसेवा गराइने अश्रमले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *