मुस्ताङमा विपद्को पूर्वतयारी अभ्यास

आदर्श अनलाइन, मुस्ताङ
जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा सम्भावित विपद् जोखिमको न्यूनीकरण गर्ने उद्देश्यसहित पूर्वतयारीका लागि अभ्यास गरिएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा सम्भावित विपद् जोखिमको पूर्वतयारी गर्नका लागि कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली सेनाको उच्च शिखर शिक्षालय नारायणदल गण मुस्ताङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला अस्पताल मुस्ताङ तथा सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङको आयोजनामा भएको कार्यक्रममा एक्कासी हुने विपद्मा कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताउनुभयो ।

सदरमुकाम जोमसोममा भएको विपद् जोखिम न्यूनीकरण उद्धार तथा खोजको कृतिम अभ्यासमा हिमपहिरोमा पुरिएकाको उद्धार, नदी किनारका घाइतेको उद्धार, आगलागीबाट भएको क्षतिबाट धनमाल जोगाउने तथा उद्धार गर्ने र सवारी दुर्घटनामा परेकालाई कसरी उद्धार गर्ने भन्ने विषयमा कृतिम अभ्यास गरिएको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले सकभर विपद्का घटना भोग्नै नपरोस् यदि विपद्का केही घटनाहरु भएको खण्डमा त्यसलाई प्रभावकारी तबरले उद्धार गर्नका लागि अभ्यासले टेवा मिल्ने बताउनुभयो । उहाँले यस्ता अभ्यासले मानवीय क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *