पर्यटनमा सहकार्यको खोजी गर्दै बागलुङका व्यवसायी पोखरामा

सुवास गौतम, पोखरा

सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकहरुलाई पर्यटनमैत्री बातावरण तयार बनाउन बागलुङ र पोखराका पर्यटन व्यवसायी बीच बुधबार अन्तरक्रिया गरिएको छ ।

बागलुङ पर्यटन विकास समिति, बागलुङ उद्योग वाणिज्य संघको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बागलुङको आयोजनामा पर्यटकीय राजधानीका रुपमा रहेको पोखराका होटल, उद्योगी तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सहभागी बागलुङ र पोखराका पर्यटन व्यवसायीहरुले पर्यटनको क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा पर्यटन क्षेत्रको सबै भन्दा महत्वपूर्ण मानिएको होटल व्यवसायलाई कसरी पर्यटनमैत्री बनाउन सकिन्छ भन्ने बिषयमा व्यवसायी बीच अनुभव आदान–प्रदान गरिएको हो । आगामी दिनमा पोखरा र बागलुङको पर्यटन क्षेत्र, प्रचार–प्रसार लगायतका बिषयमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बागलुङ पर्यटन विकास समतिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बागलुङ पु¥याउने र बागलुङमा भएका पर्यटन गतिविधिलाई पोखरा सम्म लैजाने विषयमा सहकार्य गर्ने तयारी गरिएको होटल व्यवसायी महासंघ केन्द्रिय उपाध्यक्ष तथा पोखराका पर्यटन व्यवसयाी केपी शर्माले बताउनुभयो । पर्यटन व्यवसायी बीच स्वच्छ प्रतिस्पर्धा गरि पर्यटन गतिविधि बढाउनका लागि पोखरासँग सहकार्य गर्न पहल थालिएको हो । ‘ठूला पर्यटन व्यवसायीहरुको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्छ,’ खड्काले भन्नुभयो,‘पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्नेछ ।’ पर्यटकहरुलाई खुशी पार्ने भनेको होटलहरुको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाई, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलहरुको अवलोकन समेत गरिएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताउनुभयो ।

पोखराका व्यवसायी, फस्टाएका होटल तथा पर्यटकीय स्थलहरुको अवलोकनबाट सिकेर बागलुङका होटलहरुलाई पर्यटनमैत्री बनाइने लक्ष्य छ । पोखरामा पर्यटन क्षेत्रको अध्ययन अवलोकनका लागि बागलुङका होटल व्यवसायी, पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ, पत्रकार लगायतका सरोकारवाला पोखरा पुगेका छन् । समूहले नेपालमै घरबासमा प्रख्यात रहेको तनहुँको बन्दिपुर, पोखराको लेकसाईड लगायतका क्षेत्रमा सञ्चालित होटलहरुको अवलोकन तथा व्यवसायीसँग अनुभव आदान प्रदान गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *