म्याग्दीमा जारी भलिबलको फाइनलमा रघुगंगा र अन्नपूर्ण

अमृत बास्कुने, म्याग्दी
म्याग्दीमा जारी पुरुष भलिवल प्रतियोगिताको फाइनलमा अन्नपुर्ण र रघुगंगा गाउँपालिका प्रवेश गरेका छन् ।

उत्तरी म्याग्दीका दुई गाउँपालिका ७ औं म्याग्दी महोत्सव एवं माघ सङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा आयोजित नगर तथा गाउँपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

महोत्सव पुस २८ गतेदेखि सुरु भएको हो । भलिवल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा बेनी नगरपालिकालाई २६–२४, १६–२५, १९–२५ र २२–२५ को सेटमा पराजीत गर्दै रघुगंगा गाउँपालिका फाइनल प्रवेश गरेको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले बताउनुभयो ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा धवलागिरी गाउँपालिकालाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै अन्नपूर्णले फाइनलका लागि यात्रा तय गरेको हो । अन्नपूर्णले १९–२५, १४–२५, २६–२४, २५–२१ र ११–१५ को प्रतिस्पर्धात्मक सेटमा धवलागिरीलाई पराजित गरेको थियो ।

जिल्ला भलिबल संघ म्याग्दीका महासचिव किसानले दिएको जानकारी अनुसार पुरुष भलिबलको फाइनल खेल माघ ६ गते बेनीबजारको खुल्लामञ्चमा हुनेछ ।

भलिबल प्रतियोगितामा पहिलो हुने टिमले ८८ हजार आठसय ८८ र दोस्रो हुने टिमले ५५ हजार पाँचसय ५५ रुपियाँ नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै सेमीफाइनलबाट बाहिरिएका धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले जनही १५÷१५ हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् । विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीलाइ पनि नगद पुरस्कारको व्यवस्था गरीएको म्याग्दी महोत्सवका खेलकुद संयोजक हिमाल श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *