राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोपको अध्यक्षमा पूर्ण, महासचिबमा किरणदीप


आदर्श अनलाइन, कोपनहेगन

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान युरोप शाखाको अधिबेशनबाट पुर्ण बहादुर अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

हालै भएको अधिवेशनले निवर्तमान बरिस्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष अर्यालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । युरोपमा २०७२ सालमा शाखा गठन भएको थियो ।

समितिको बरिष्ठ उपाध्यक्षमा सुवास चन्द्र पुनमगर, प्रथम उपाध्यक्ष जे.वि.वली, महिला उपाध्यक्ष बिनीता लामीछाने, उपाध्यक्षहरुमा , इमानसिं बुढामगर, दिनेश खडका र दिपक बुढाथोकी चयन भएका छन् ।

युरोप समितिको महासचिबमा किरणदिप परियार, सचिबहरुमा सन्तोष लामिछाने, शिव अखेली र प्रवेश पौडेल, कोषाध्यक्षमा बुद्ध लामा, सहकोषाध्यक्षमा कला पङ्गेनी र प्रवक्तामा फणीन्द्र ठकुरी चयन भएका छन् ।

समितिको संरक्षकमा सुमी घिमिरे सापकोटा रहेकी छन् । सदस्यहरुमा एरिका शर्मा (फ्रान्स संयोजक), तेज गाहा मगर, केशु पुनमगर, सीता सुवेदी, गङ्गा आचार्य, डीला बि.क., जानुका आचार्य, सजना बास्तोला, अनु गुरुङ, लिल गुरुङ, दुर्गा थापा, आशिष् परियार, कृष्ण बहादुर थापा, देवा लामा (नर्वे संयोजक), सम्भु सिलवाल, हरिकृष्ण गोतामे, अमृत कुमार विक, विनोद स्पन्दन, रुद्र कडेल, मीना कडेल, आईतराम गुरुङ, आशिष वि. सी र मीरा राई रहेको जनाइएको छ । युरोपमा लोक दोहोरी गीतका गतिविधिहरु बढाउने लगायतका कार्य गरिने महासचिब परियारले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *