सहकारीको सामाजिक उत्तरदायित्व : न्यून आय भएका परिवारलाई कम्बल वितरण

आदर्श अनलाइन, धनगढी

सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १ का न्यून आयस्तर भएका ५० परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखा र श्रमजिवी वचत तथा ऋण सहकारी लिमिटेड सिराहाले संयुक्त रुपमा न्यानो कम्बल वितरण गरेको राष्ट्रिय सहकारी बैंक लहान शाखाका प्रमुख समिर श्रेष्ठले जानकारी दिनुभयो ।

कम्बल वितरण कार्यक्रममा श्रमजिवी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिलचन्द्र अधिकारीले जाडोको समयमा विपन्न परिवारका लागि सहयोग पु¥याउने उद्देश्यका साथ न्यानो कम्बल वितरण गरिएको बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंक शाखा समन्वय उपसमिति लहानका सदस्यद्वय पञ्चलाल महतो र देवी कुमारी लामाले सहकारी बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्य गर्दै आएको बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *