सहकारीको प्रर्बद्धनमा सक्दो पहल गर्छु : उपसभामुख थापा


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका उप–सभामुख बिना थापाले मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधारक्षेत्रका रुपमा रहेको सहकारी क्षेत्रको प्रर्बद्धनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।



आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले उप–सभामुख थापाको सम्मानमा आइतवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सहकारी अर्थतन्त्र सबल बनाउने प्रमुख आधार हो, यसको संरक्षणमा सबैको योगदान जरुरी छ, उपसभामुख थापाले भन्नुभयो,–‘सहकारीको संस्थागत विकास, सुशासनसंगै समग्र प्रवद्र्धनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु ।’

आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य तथा जिल्ला सहकारी संघ बागलुङका पूर्व सञ्चालक थापा लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल रहनु भएको थियो ।

गण्डकी प्रदेशसभाको सदस्य चयन हुदै गर्दा पनि उहाँले बडिगाड गाउँपालिका खरबाङमा रहेको दिदी बहिनी वचत तथा ऋण सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहनु भएको थियो । उक्त संस्थामा करिव डेढ दशक प्रवन्धकको जिम्मेवारीमा रहेर समेत काम गरिसक्नु भएको छ ।



आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), संस्थाका सल्लाहकार रुद्र बहादुर महत, सहसचिव कमल लामिछाने लगायतले उपसभामुख थापालाई स्वागत तथा सम्मान गर्नु भएको थियो ।

संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले पदीय जिम्मेवारीसंगै सहकारी अभियानलाई प्रभावकारी बनाउने गरी भूमिका खेल्न सुझाव दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *