काठेखोला गाउँपालिकाको १२ औँ गाँउसभा : पूर्वाधार, कृषि र शिक्षालाई प्राथमिकतामा

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाँउपालिकाको १२ औँ गाउँ सभा सम्पन्न भएको छ । गाँउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउपालिकाका अध्यक्ष राजु थापाले सामाजिक तथा आर्थिक विकासमा महत्वपुर्ण भूमिका राख्ने सडक निर्माण कार्य, कृषि र शिक्षालाई उच्च प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो ।
यस वर्ष गाउँपालिकाले काठेखोला गाउँपालिका वडा नम्बर १ पाला, वडा नम्बर ४ तंग्राम र वडा नम्बर ३ धम्जा जोड्ने सडकलाई गाउँपालिकाको गौरबको योजनामा समाहित गरिएको थापाले बताउनुभयो ।

योजना अन्तरगत काठेखोला–६ अक्षेते चोकदेखि तंग्राम जोड्ने सडक स्तरोन्नतीको कामको संगै चिसोपानी लामाबगर खण्डमा ढलान गर्ने काम सम्पन्न भई योजना फरफारकको अन्तिम चरणमा रहको छ ।

गौरबकै योजना अन्तरगत अक्षेते देखि करिना हुदै वडा नम्बर १ को वडा कार्यालय धिमी जोड्ने सडक स्तरोन्नतीको कार्य पनि सम्झौता भई निर्माण कार्य शुरु गरिएको छ ।

गाउँपालिकाको हरेक वडामा पुग्ने सडक मर्मत तथा सम्भारका लागि बजेट व्यवस्थासमेत गरि समय समयमा स्तरोन्नति गर्ने कार्य नियमित गरिरहेको उल्लेख छ ।

त्यसैगरि गण्डकी प्रदेश सरकारको सहकार्यमा बा.न.पा. ८ सायकोट देखि काठेखोला गाउपालिका धनीखोरिया, भिरमुनी, पिडाल्ना हुदै तिङरिङ सडक र कुकुरकाटे, आरिमपाटा पिपलडांडाँ सडक काठेखोला–७ को ठेक्का सम्झौता भई कार्य प्रारम्भको चरणमा रहको पालिका अध्यक्ष राजु थापाले बताउनुभयो ।

अध्यक्ष थापाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा गाउँपालिकाको जेसिभी मेसिनलाई दैनिक रुपमा सञ्चालन गरि वडा कार्यालयको समन्वयमा आवस्यक ठाउँहरुमा सडक मर्मत गर्ने कार्य पनि नियमित भइरहेको उल्लेख छ ।

यस्तै गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ जग्गा ब्यवस्थापन गर्ने कार्य निकै तीव्र गतिमा भइरहेको थापाको भनाई छ । यस्तै कृषि र पशु क्षेत्रमा सेवा प्रवाह नागरिकहरूको घर दैलोमा पुर्याउन एक वडा एक प्राविधिक कर्मचारीहरूको व्यवस्थापन,कृषकहरुका लागि गाउँपालिका स्तरिय पशु तथा कृषि तालिम पशुसेवा शाखा कार्यालय मर्मत तथा ट्रष्ट निर्माण,पशुपंक्षीमा निशुल्क औषधि वितरण कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडी बढाईएको छ ।

गाउँसभाले आर्थिक बर्ष २०७९÷८० को संशोधित बजेट पास गरेको छ । १२ औं गाउँसभाले उपाध्यक्ष तेज बहादुर थापा तिलकले प्रस्तुत गरेको गरेको ५४ करोड ९१ लाख बजेटबाट थप भएको बजेटसमेत संशोधन गरी ५७ करोड ८७ लाख बजेट पारित गरेको हो ।

राष्ट्रपति शैक्षीक सुधार कार्यक्रम र गाउँपालिकाको सञ्चित कोषमा जम्मा भएको बजेट गरेर बजेटको आकार बढाईएको उपाध्यक्ष जेतबहादुर थापा तिलकले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडास्तरका योजनाको मात्रै हिउँदे सभाबाट संसोधन गरेको छ । सो अवसरमा बिभिन्न शिर्षकका ११ वटा बिधयक पास भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *