टाइगर कप भलिबल : आर्मी र एपिएफ विजयी, महिला तर्फ एपिएफ

आदर्श अनलाइन, पोखरा
‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’मा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लवले पुरुषतर्फ खेल जितेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा विभागिय टोलीहरुको वर्चश्व रहेको हो । नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंकालाई ३–० को सोझो सेटमा जित निकाल्दा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पाखा लगाएको हो ।

जारी प्रतियोगितामा नेपाल आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंका विरुद्ध पहिलो सेट २५–२० दोश्रो सेट २५–१६ र तेश्रो सेट २५–१० ले जित्यो । जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित समेत हो । उसले ३ अंक प्राप्त गरेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गरे ।

त्यसै गरी पुरुषतर्फ नै आज भएको अर्को एक खेलमा एपिएफले पुलिस विरुद्ध जित निकाल्दै ३ अंक प्राप्त गरेको छ । जारी लिगमा एपिएफको यो दोश्रो जित हो । एपिएफले दुई खेल लगातार जित्दै ६ अंक बटुलेको छ । पुलिस विरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफ दोश्रो सेटमा भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो । तेश्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै एपिएफले खेल आफ्नो पक्षमा पार्यो । उक्त खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित भए ।

यसै गरी जारी प्रतियोगितामा महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५–११ ले जितेको एपिएफले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१६ ले जित्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी भएकी छन् ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ २ गरी चार खेल हुने आयोजकले जानकारी दिएको छ । भोली मंगलबार बिहान ९ बजेबाट सुरु हुने पहिलो खेल महिलातर्फ एपिएफ र होङवान्जी न्यू डायमण्ड र दोश्रो खेल ११ बजे त्रिभुवन आर्मी क्लव र घरेलु टोली गण्डकी प्रदेशका विच हुनेछ । त्यसै गरी पुरुषतर्फको पहिलो खेल दिउसो १ बजे श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल आयोजक गण्डकी प्रदेश र एपिएफका विच हुनेछ ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *