जय मनकामना सहकारीको चार वर्षे रणनिती कार्यशाला

आदर्श अनलाइन, पोखरा
जय मनकामना वचत तथा ऋण सहकारी सस्था पोखरा १९ लामाचौरले आफ्नो आगामि ४ वर्षका लागि रणनितिक ब्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न गरेको छ । कास्कीको माछापुच्छ«े गाउपालिका ८ ल्वाङमा सम्पन्न सो कार्यशालामा जय मनकामना वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, पुर्वअध्यक्ष, सल्लाहकार, उपसमिति र कर्मचारी सहित ४५ जनाको सहभागिता रहेको थियो ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङको प्राविधिक सहयोग रहेको उक्त कार्यशालाले आगामी ४ वर्षका लागि लक्ष्य सहिको कार्ययोजना तथा कार्यक्रम तय गरेको हो । सहकारीका अध्यक्ष नवीन भण्डारी को अध्यक्षता तथा शिक्षा उपसमितिका संयोजक पुर्णबहादुर बानियाँले कार्यशालामा संयोजनकारी भुमिका निर्वाह गर्नुभएको थियो भने कार्यशालामा नेफ्स्युकनका तालिम अधिकृत उमेश कोईराला र सुर्य प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । सस्थाका ब्यवस्थापक टंक प्रसाद अधिकारीले सहकारीको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यशालाको समापनमा सहकारिका पुर्व अध्यक्ष सुरेन्द्रमान सिह भण्डारीले सहकारी भावना अनुरुप सञ्चालन गर्न रणनितिक ब्यवसायिक योजना निर्माण कार्यशाला अति आवश्यक रहेको मनन गर्दै ३ दिनमा सिकेको विषय बस्तुलाई ब्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनु भयो ।

नेफ्स्युकनका कानुनि सल्लाहकार शिवप्रसाद अधिकारिले सहकारी ब्यवहारिकता भन्दा पद्धति र नियमको पालना गर्दै सुसासन कायम गर्नु पर्ने वताउनु भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौडेले सहकारि सदस्यको क्षमता वृद्धि तथा आत्मनिर्भर तर्फ लक्ष्यित हुनु पर्ने, सहकारी विधि र विनियम परिधिभित्र रहनु पर्ने, सहकारीलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले सधैं सहयोग र सहकार्य गर्न तयार भएको वताउनु भयो ।

२०५७ सालमा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७८÷०७९ सम्म ९४ करोड ८२ लाख ४ हजार १ सयको कारोबार गरेको छभने सस्थाले महिला लघुबित्त कार्यक्रम सहित पोखरा ४ गैह्रपाटनमा सेवा केन्द्र समेत सञ्चालन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *