मौरी चराउन ललितपुरबाट बागलुङ

आदर्श अनलाइन, बागलुङ

मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको हव बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह आर्गानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय बागलुङमा मौरीपालन व्यवसाय फस्टाउदो छ ।

यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फष्टाउदो क्रममा रहेको सन्र्दभमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रुपमा समेत लिन थालिएको छ । २०७२ सालबाट मौरीपालन थाल्नुभएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिल बहादुर खत्रीले मौरीको चरन क्षेत्रका रुपमा बागलुङ नगरपालिका–४ रमेटारलाई छान्नुभएको छ ।

उहाँले आफ्ना मौरीका घारहरु केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आउनुभएको छ । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी सहितका घार राखिएकोे बताउनुभयो ।

बागलुङ नगरपालिका–४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रुपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यस पटक मौरी चराउनका लागि ल्याइएको छ । ललितपुर महानगरपालिका–२४ धापाखेल स्थित माउन्टेन मौरी कन्सनले हालै मात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ नगरपालिका–४ कुडुँलेलाई लिएको छ ।

२०५१ सालबाट मौरीपालन व्यवसायमा लाग्नुभएका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजार भन्दा बढी मौरी सहितका घारहरु विक्रि गर्दै बताउनुभयो ।

माउन्टेन मौरी कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफुले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ । झण्डै एक हजार २०० मौरीका घार रहेको माउन्टेन मौरी कन्सनले पहाडी जिल्लामा चरणका लागि यो याममा मौरीका घार पठाउने गरेको छ । पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घारहरु पु¥याउने योजना अनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले जानकारी दिनुभयो ।

“माउन्टेन मौरी कन्सन मार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुर सहित विभिन्न जिल्लामा मौरीका घारहरु चरनका लागि पु¥याइन्छ” श्रेष्ठले भन्नुभयो “चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरी सहितका घार पु¥याउदा व्यवसायिक प्रर्बद्धन हुँने, घार सहितका मौरी विक्रि गर्ने र मौरीपालन व्यवसाय फष्टाउने लक्ष्यका साथ पहिलो पटक बागलुङको कुडुँले फाँटमा ल्याएको छु, झण्डै सय घार मध्य विक्रि भएर अहिले कुडुँले फाँटमा ७० मौरी सहितका घार छन्, यहाँका कृषकलाईलाई मौरीपालन व्यवसाय सिकाउनका लागि समेत सहयोग पु¥याइने छ ।” व्यावसायिक मौरी पालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसनाहरु मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा आउनुभएको छ ।

मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिदै आएको पाइन्छ । मौरीलाई आहारा पाइने र शान्त बतावरण भएका ठाँउहरुमा लाने गरेको मौरीपालन किसानहरुले बताउदै आएका छन् । मौरीलाई यो सिजनमा डेढ महिना बागलुङ सहितका एक दर्जन पहाडी जिल्लामा पु¥याएको माउन्टेन मौरी कन्सनका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले बागलुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भएपनि अहिले हाम्रो मौरीका घार सिन्दुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडण्माडौको विभिन्न स्थानमा पु¥याएको जानकारी दिनुभयो । “वर्षमा दुई पटक मौरी चरनका लागि उपयुक्त फुल फुल्ने र शान्त बातावरणमा पु¥याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तिब्रता पाउन सहयोग मिल्छ” उहाँले भन्नुभयो “मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउछु, मौरी पालनका विषयमा जागरुक बनाउछु, नेपालको महाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।”

यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसंग न्युतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाई छ । उपयुक्त हावापानी र बातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सात पटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ ।

मौरी सहितका घार ढुवानी आफैमा जोखिमपूर्ण भएपनि उत्पादनका हिसावले निकै राम्रो मानिन्छ । माउन्टेन मौरी कन्सनले मौरी सहितका घारहरु विक्रिबाट मह भन्दा बढी फाइदा हुने बताउदै प्रतिघारलाई १२ हजारमा विक्रि गरिएको जानकारी दिनुभयो ।

ललितपुरबाट पहिलोपटक मौरी चरनाका लागि बागलुङ ल्याएपनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले २०७२ सालदेखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आउनुभएको छ । खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर रु. १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताउनुभयो ।

“बागलुङ नगरपालिका–४ का विभिन्न स्थानमा तोरी खेति फष्टाउदो छ, त्यहाँ मौरीको चरन क्षेत्र उपयुक्त हुन्छ” खत्रीले भन्नुभयो “मौरीपालन व्यवसायको चरन क्षेत्रका रुपमा म्याग्दीको सुर्केमेला र बागलुङको रमेटारलाई रोजेको छु, मौरीको घार राखेको जग्गाको घरधनीलाई मह दिने गरेको छु ।”

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताउनुभयो । यस्तै जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सय भन्दा बढी मौरीका घार पाल्नुभएको छ भने ३० घार बागलुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *