छोरी बलात्कार गर्ने बुबा पक्राउ


आदर्श अनलाइन, बागलुङ

आफ्नै छोरी बलात्कार गर्ने ३३ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
१५ वर्षीया छोरीलाई ०७९ असोज ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाईे पक्राउ गरेको हो ।

श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले माघ ९ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताउनुभयो । ज्ञवालीले उजुरुका आधारमा उहाँलाई पक्राउ गरेको बताउनुभयो ।

“घटनाबारे कसैलाई भने मार्छु भनेर धम्की दिएको रहेछ,” प्रहरी उपरिक्षक ज्ञवालीले भन्नुभयो “छोरीको बानी व्यवहार परिर्वतन हुँदै गएपछि सोधपुछ गर्दा आमासँग घटनाबारे बताएपछि उजुरी दिएका छन् ।

बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । यस्तै श्रीमतीले घटनाबारे थाहा पाएपछि भागेर बुटवल पुगेका बुबालाई पक्राउ गरेर अनुस्नधान थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *