सिगाना माध्यामिक विद्यालयको ६९ औं वार्षिकोत्सव


आदर्श अनलाइन, बागलुङ
सिगाना माध्यामिक विद्यालय बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको ६९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले शिक्षा क्षेत्रको भौतिक विकास पछि अब शैक्षिक गुणस्तरको पालो आएको बताउनुभयो ।



उहाँले शिक्षा क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधार सम्पन्न पश्चात अब पालो गुणस्तरीय शिक्षाको रहेको छ । “पछिल्लो समय विद्यालयमा ठूला–ठूला विद्यालय भवनहरु ठडिएकाछन्, तर गुणस्तर वृद्धिका लागि समेत हामीले काम गर्नु पर्दछ” थापाले भन्नुभयो “अहिले अधिकांश विद्यालयमा भौतीक संरचना पुरा भएकाले अब पालो शैक्षिक गुणस्तरको हो, शिक्षक, अभिभावक र विद्यार्थी मिलेर शैक्षिक गुणस्तरमा लाग्नु पर्दछ ।”



थापाले गण्डकी प्रदेश सरकारले शिक्षाको गुणस्तर वृद्धिका लागि र सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्ने कार्यक्रम ल्याउने बताउनुभयो ।



कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कश्मराज उपाध्याय, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रशाद पोख्रेल, बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष छम बहादुर कार्की, पूर्व वडा अध्यक्ष जित बहादुर जिसी राजन, सिगाना माध्यामिक विद्यालयका प्रधानध्यापक गोपाल कुमार शर्मा, सिगाना माध्यामिक विद्यालय तित्याङको पूर्र्व व्यवस्थापन समितिका अध्यक्ष अभिभावक रत्ना नेपाली, विद्यालयका पुर्व प्रधानध्यापक हिरा बहादुर केसी, बागलुङ उद्योग बाणिज्य संघका पुर्व महासचिव दयाराम पौडेल, शिक्षाप्रेमी व्यक्तित्व अनन्त बहादुर खड्का, बौडौचौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जगत जिसी, रामरेखा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी, नपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका पुर्व उपसभापती दिनानाथ गौतम, समाजसेवी तेज बहादुर खत्री, व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रमणी गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, पूर्व प्रधानध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, चन्ददाता र अक्षयकोष दातालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको भावी योजना र वर्तमान विकासको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापा र विद्यालयको आर्थिक प्रतिवेदन प्रधानध्यापक चन्द्रब बहादुर मल्लले प्रस्तुत गर्नुभएको थियो ।



कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकराम थापाको अध्यक्षता, शिक्षक भुपेन्द्र कार्कीको स्वागत तथा शिक्षक लोकबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि दिपेन्द्र बहादुर थापाले विद्यालयको चार कोठे भवनको शिलान्यास तथा एक कक्षा एक स्मार्ट टिभि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *