गण्डकी सरकारले पायो पूर्णता

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । सात मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धन एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् ।

मुख्यमन्त्री एमालेका खगराज अधिकारी, एमालेकै रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा पाएका छन । सुन्दास सरकारका प्रवक्ता समेत रहनुभएको छ । एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री नियुक्त हुनुभएको छ ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई सोमबारनै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *