खास्टेताल मत्स्य सहकारीको सरसफाई

आदर्श अनलाइन, पोखरा
खास्ते तथा न्यूरेनीतालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाले आफनो सातौं स्थापना दिवसको अवसर पारेर सरसफाई अभियान संचालन गरेको छ । सहकारीको क्षेत्राधिकार भित्र रहेका दुई तालको उचित रुपमा संरक्षण गर्नु पर्छ भन्ने अभियानलाई अगाडी वढाएको सहकारीले सातौं स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम राखेको हो ।

स्थानिय आमा समुह तथा सेयर सदस्य र कार्यसमितिका पदाधिकारी सहितको टोलीले खास्टेमताल वराही मन्दिरबाट सरसफाई सुरु गरि ताल किनारा वरपर रहेका फोहोरहरु संकलन गरि उचित तरिकाले विर्सजन गरिएको थियो ।

कार्यक्रमको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदिपराज ढुगानाले प्राकृतिक स्रोत र साधानको संरक्षणमा स्थानिय बासीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सहकारी संघ कास्की उपाध्यक्ष छवि लामिछानेले सहकारीले आय आर्जनका लागि माछा पालनलाई रोजेकाले यसलाई प्रभावकारी वनाउनु पर्नेमा जोड दिनुभयो । सस्थाका अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति पौडेलले धन्यवाद र सचिव नवराज ढुगानाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *