विकासमा नियती : सात वर्षमा पाँच पटक म्याद थप


खेमराज गौतम, बागलुङ

विकासमा चरम वेतिथि बागलुङको मध्यपहाडी पुष्पलाल राजमार्गमा देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्ष सम्म कालोपत्रे हुन सकेको छैन । दुई वर्षमा कालोपत्रे गर्नेगरी सम्झौता भएकोमा सात वर्षमा पाँच पटक सम्म म्याद थप्दा समेत राजमार्गले सार्थकता नपाएको हो ।

ठेकेदार कम्पनीको चरम लापरवार्हीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि पाँच पटक सम्म म्याद थप्दा समेत कालोपत्रे सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ ।

उक्त सदरमुकाम खण्डको सडक कालोपत्रे हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचना समेत भएको छ ।

सडकको ट्रयाक खुलेको २५ पुग्दा समेत यो खण्डमा सडक कालोपत्रे हुन नसकेको हो । नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रहेको उक्त सडकको खहरेखोला देखि बिहुँ सापकोटा चोक सम्मसको सडक १७ किलोमिटर सडक पकट–पटक म्याद थप्दा समेत कालोपत्रे हुन नसकेको छ ।

दूई वर्षमा कालोपत्रे गर्ने काम निर्माण व्यवसायीले सात वर्षमा समेत पाँच पटक म्याद थप्दा समेत सम्पन्न नभएको हो । कालोपत्रेका लागि जिल्लामा रहेको १४२ किलामिटर मध्ये घोडाँबाधे देखि बागलुङ जिल्ला ददरमुकाम बागलुङ बजार सम्म रहेको २५ किमि सडक मध्ये गत वर्ष मात्रै सदर मुकाम तर्फको ४ र बिहुँ तर्फको ४ गरी ८ किमि मात्रै सडक कालोपत्रे गरेर छोडेपछि ठेकेदार कम्पनी सम्पर्कमा आएको थिएन । अहिले अन्तिम पटक असार मसान्त सम्म मायद थपेको ठेक्का आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा ठेक्का रद्द गर्ने चेतावनीपछि बल्ल काममा देखिन थालेको छ ।

असार सम्म दुबै उक्त खण्डका दुई निर्माण व्यवसायीलाई अन्तिम पटकका लागि म्याद थपिएपनि कामले तिब्रता पान नसकेपछि ठेक्का रद्द गर्ने चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी पहाडी पुष्पलाल राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार असार सम्म ठेकेदार कम्पनीलाई म्याद थप्दा समेत कामले तिब्रता नपाएपछि ठेक्का तोेड्ने चेतावनी दिइएको हो ।

“निर्माण व्यवसायीले तत्कालै काम थाल्ने तर काम नथाले ठेक्का रद्द गर्ने गरी निर्माण व्यवसायी र आयोजना बीच लिखित सहमतीभएको थियो, अहिले उपल्लो बिहुँ र तल्लो खहरेखोला आसपासमा केही काम थालेको छ” भण्डारीले भन्नुभयो “सात वर्षमा पाँच पटक म्याद थप्दा समेत काम नगरे असारपछि ठेक्का रद्द हुन्छ, आश गरौं निर्माण व्यवसायीले असार सम्म सडक कालोपत्रे गरेर सक्नेछ ।”

सात वर्षमा पाँच पटक म्याद थप्दा समेत सडक कालोपत्रे हुन नसक्दा स्थानीयहरुले अहिले धुलोको सास्ती खेप्दै आएका छन् ।

सडकमा यातयातका साधन गुड्न थालेको २६ वर्ष वित्दा समेत सडक सम्पन्न नहुनु दुखद् रहेको स्थानीय जंग बहादुर कार्कीले गुनासो गर्नुभयो ।

“घरअगाडीबाट सवारी गुड्न थालेकै २६ वर्ष भयो, अहिले त कालोपत्रे होला भन्दा भन्दै सात वर्ष वित्यो, अहिले बजारबाट घर नजिकै सम्म कालोपत्रे आएको छ, घरै अघिबाट सडक अलपत्र छ” कार्कीले भन्नुभयो “बरु गाउँ–गाउँका सडक कालोपत्रे भए, साना सडकहरु चिल्ला छन् तर राष्ट्रिय राजमार्गकै यो बिजोक छ, कतिन्जेल सम्म धुलो खाने हो ।” कार्किले हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे यो सडकको नियतीनै बनेको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए ।

अहिले बिहुँ खण्डमा सकड सम्माउने र नाली निर्माण गर्ने काम भइरहेको छ भने खहरे तर्फ बेश बिच्छाउने कार्य भइरहेको छ । कुल एक हजार ७७६ किलोमिटर राजमार्ग मध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये १७ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ । अहिले लोकमार्गको घोडाबाँधे देखि गलकोट सम्मको कालोपत्रे सडक मर्मत कार्य भइरहेको छ । बाढी तथा पहिरोले क्षति पु¥याएको घोडाँबाधे देखि गलकोट सम्मको सडक रु. ५० करोड लागतमा ठेक्कामा गएर मर्मतको काम थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *