बागलुङ जेसीजको पदस्थापना सम्पन्न

रोहन जि.सी बागलुङ

बागलुङ जेसीजको नयाँ नेतृत्वका लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जेसीज बर्ष २०२२ को कार्यसमितिले वर्ष २०२३ को नयाँ कार्यसमितिलाई पदस्थापन गराएको हो ।
बागलुङ जेसीजको ४५ औ पदस्थापन कार्यक्रममा बर्ष २०२२ का कार्यवाहक अध्यक्ष आनन्द प्रसाद रेग्मीले बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठलाई पदस्थापन गराउनु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले देशको समृद्धि र विकासका लागि युवाहरुको रचनात्मक काम र सकरात्मक सोच आवश्यक रहेको बताउनुभयो ।

देश परिवर्तनको सम्वाहकका रुपमा रहेका युवाहरुको नेतृत्व र क्षमता बिकासमा जेसीजले खेलेको भुमिका महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।
बागलुङ जेसीजको २०२३ का लागि कार्यकारिणी उपाध्यक्षमा गणेश महतो र सुशान्तकृष्ण श्रेष्ठ चयन हुनु भएको छ ।

उपाध्यक्षमा सौरभ खत्री, सुलभ खड्का, रुसन सापकोटा, प्रेमप्रसाद ढकाल, महासचिवमा अञ्जिला श्रेष्ठ, सह सचिवमा कुशल कँडेल, कोषाध्यक्षमा बलराम कँडेल, सहकोषाध्यक्षमा निकेश खड्का, निर्देशकमा रोहन जि.सी र प्रतिभा के.सी रहनु भएको छ ।

त्यसैगरी बागलुङ जेसीज वर्ष २०२३ को कानुनी सल्लाहकारमा आनन्द प्रसाद रेग्मी, शाखा सम्पादकमा रामचन्द्र गौतम, तालिम संयोजकमा सोनी कार्की (विन्दा), थिम डाइरेक्टरमा सुदिपसागर कँडेल, दिर्घकालिन कार्यक्रम बिकास संयोजकमा ताराप्रसाद शर्मा, जनसम्पर्क अधिकारीमा सुमन रेगामी, सदस्यता बृद्धि संयोजकमा सुराक शाक्य, कोष बृद्धि संयोजकमा बिकास पौडेल, खेलकुद संयोजकमा सौजन श्रेष्ठ र सांस्कृतिक संयोजकमा मनिष राजभण्डारी रहनु भएको छ ।

कार्यक्रममा बागलुङ जेसीजका पुर्व अध्यक्ष तथा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष तथा बुटवल जेसीजका अध्यक्ष चन्द्रमणि भुषाल, स्वर्गीय प्रगति स्मृति कोषका प्रधान संरक्षक कृष्ण बहादुर श्रेष्ठ, बागलुङ जेसीजको भगिनि शाखा देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बिभिन्न बिधाका उत्कृष्टता र बिभिन्न अवार्ड पनि बितरण गरिएको थियो । विभिन्न विधा तर्फ बागलुङ जेसीज वर्ष २०२२ को पुर्ण तारा पुरस्कारबाट उत्तम राजभण्डारी, हरिलक्ष्मी नारायण प्रसाद पुरस्कारबाट आनन्द प्रसाद रेग्मी, उत्कृष्ट जेसीज २०२२ बाट गणेश महतो, उत्कृष्ट योजना अधिकारी तर्फ अन्जिला श्रेष्ठ, सर्वाधिक उपस्थिति तर्फबाट बलराम कंडेल, सर्वाधिक संलग्नता तर्फबाट सौरभ खत्री, उत्कृष्ट नवप्रवेशी पुरस्कार तर्फबाट प्रतिभा के.सी पुरस्कृत भएको बागलुङ जेसीजका पुर्व अध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रम बागलुङ जेसीज वर्ष २०२२ का कार्यवाहक अध्यक्ष आनन्द प्रसाद रेग्मी र वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, पूर्व अध्यक्ष सुरेन्द्र शाक्यको स्वागत र २०२२ का महासचिव गणेश महतो र २०२३ का महासचिव अन्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *