रामको बालप्रतिमा बनाउँन कालीगण्कीको शिला भारत पठाइयो

अमृत बास्कुने, म्याग्दी
भगवान रामको बाल्यकालको प्रतिमा बनाउनको लागि कालिगण्डकीमा पहिचान गरिएको शिला बिहीबार भारत पठाइएको छ ।

पवित्र तिर्थस्थल गलेश्वरधाममा विशेष पुजा गरेर कालीगण्डकी नदीका शिलालाई भारतको अयोध्याधाको लागि बिदाई गरिएको हो ।

म्याग्दीको बेनी नगरपालिका–६, गलेश्वर नजिकै कालीगण्डकी नदी किनारमा पहिचान गरिएको उक्त शिला धार्मिक विधि र परम्परा अनुसार पुजा गरी भारत पठाउनका लागि बुधबार नै गाडीमा लोड गरिएको थियो ।

आज विहान गलेश्वरधाम स्थीत मन्दिर परिषरमा श्रीपञ्चमीको अवसरमो बिशेष पुजा शिलाको बिदाई गरीएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भारतको उत्तरप्रदेशको अयोध्यामा निर्माणधिन राम मन्दिरको भुईतलामा साढे पाँच फिट अग्लो रामलाल (भगवान रामको बाल्य अवस्थाको प्रतिमा) राखिने छ ।

भगवान रामको प्रतिमा निर्माणका लागि पवित्र कालिगण्डकीको शिला अयोध्या लैजान लागिएको कालीगण्डकी नदिका सन्दर्भमा बिद्यावारिधी गर्नुभएका कुलराज चालिसेले बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीमान गुरुङ, निर्वतमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बिमलेन्द्र निधि, म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पण्डित भिमनाथ पराजुली, अयोध्याधा स्थित राममन्दिर निर्माण समितिका प्रतिनिधि राजेन्द्रसिंह पंकज र जनकपुर स्थीत जानकी मन्दिरका महन्त लगायतले कालीगण्डकी नदी किनारबाट उत्खनन् तथा पहिचान गरिएका शिलाको माघ १ गते पनि विषेश पुजा गरिएको थियो ।

भारतमा निर्माण हुँदै गरेको राममन्दीरको लागि उक्त शिला नेपाल सरकारले उपहार स्वरुप भारतलाई उपलब्ध गराएको हो । भू–गर्वविद्, शिलाविद्, प्राविधिक तथा विज्ञसहितको टोलीले दुई हप्ताको समय लगाएर कालीगण्डकी नदी किनारमा शिलाको पहिचान गरेका थिए ।

म्याग्दीबाट पठाइएको शिला पोखरा हुँदै जनकपुर पुगेपछि मधेश प्रदेश सरकारले भारतलाई हस्तान्तरण गर्ने नगरप्रमुख केसीले बताउनुभयो । भारत सरकारलाई हस्तान्तरण भएपछि उक्त शिला भारतको दरभंगा, मधुवनी, मोतिहारी, गोपालगञ्ज, तथा गोरखपुर मन्दिरमा स्वागत गर्दै अयोध्या पु¥याईने छ ।

शिलाबाट निर्मित रामलाको प्रतिष्ठा आगामी माघे सक्रान्तिको अवसरमा गरिनेछ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राममन्दिर निर्माण समितिका प्रतिनिधि राजेन्द्र सिंह पंकज, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका उप–प्राध्यापक नवराज न्यौपानेसहितको टोलीले कालीगण्डकी नदी किनारमा शिलाको पहिचान गरी नापजाँच गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *