पर्यटनमा नीजि क्षेत्रको लगानी आवश्यकः नेता पौडेल

आदर्श अनलाईन,पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उप–प्रमुख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा नीजि क्षेत्र आकर्षित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्नका लागि पोखराको लेक साईडमा बिहिवार आयोजना गरिएको सरोकारवालासँगको सहकार्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय सांसद समेत रहनुभएको नेता पौडेलले बागलुङमा धेरै पर्यटकीय गन्तव्य भए पनि लगानीकर्ताको अभावमा पर्यटन विकास हुन नसकेको बताउनुभयो ।

उहाँले नीजि क्षेत्रको लगानी बिना उद्योग तथा पर्यटनको विकास सम्भव नहुने बताउनुभयो । ‘पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्,’ पौडेलले भन्नुभयो, ‘बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीहरुले सहयोग गर्नुहोस् ।’ बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य संघको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बागलुङको पहलमा बागलुङ र पोखरा बीच पर्यटनमा सहकार्य गर्नका लागि पहिलो पटक संस्थागत रुपमै पहल थालिएको छ । जस अन्र्तगत बागलुङका पर्यटन व्यवसायी बुधबारदेखि पोखरामा छन् । पोखराका होटल तथा अन्य पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन तथा सहकार्य गरी पर्यटकीय गतिविधि बढाउनका लागि पर्यटकीय राजधानी पोखरामा आएको बागलुङ पर्यटन विकास समतिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

‘ठूला पर्यटन व्यवसायीहरुको अनुभवले साना व्यवसायीहरुलाई अगाडि बढ्न सहयोग पुग्छ’ पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले भन्नुभयो भन्नुभयो ‘पोखराका पर्यटन व्यवसायीको सहकार्यसंगै बागलुङमा पर्यटन गतिविधि बढ्नेछ ।’ पर्यटकहरुलाई खुसी पार्ने भनेको होटलहरुको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाई, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलहरुको अवलोकन समेत गरिएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *