धौलागिरी क्याम्पसको वार्षिकोत्सव : मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ बिजयी


आदर्श अनलाइन, बागलुङ


धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अबसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोलान्तरले पराजीत गर्दै पत्रकार महासंघ पहिलो भएको हो ।
धौलागिरी बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न ९ एसाईड फाईनल खेलमा पत्रकार महासंघका लागि संक बिकले पहिलो खोल गरे ।

दोस्रो हाफको पहिलो दश मिनेटमा बिकले गोल गरेर महासंघलाई अग्रता दिलाएका थिए । त्यस्तै पत्रकार महासंघका लागि खेलको अन्तिम समयमा रोहन जिसीले अर्को गोल गरेका थिए ।
यसअघी क्याम्पसका प्रध्यापक र स्ववियुबीचको खेल ३–२ को गोलान्तरमा स्ववियुले जीतेको थियो । स्वतन्त्र विद्यार्थी युनियनका लागि बिषेश पराजुलीले पेनाल्टी सुटआउटमा दुईगोल गरे भने मनोज जिसीले अर्को एक गोल गरेका थिए ।

त्यस्तै प्रध्यापक कर्मचारीको तर्फबाट कमल शर्मा र याम बहादुर पोखरलले समान एक÷एक गोल गरेका थिए । तीन समुहका बीचमा भएको खेलमा पत्रकार महासंघ बिजेता र स्वतन्त्र विद्यार्थी युनियन उपबिजेता बनेका हुन् ।

क्याम्पसको ६० औं बार्षिकोत्सवका अबसरमा सप्ताहव्यापी बिबिध खेलकुद, साहित्य र सांकृतिक कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *