सकियो विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औँ स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औँ स्थापना दिवश त्रिदिवसीय कार्यक्रमका साथ बिहिबार सम्पन्न भएको छ । मंगलबारदेखि स्थापना दिवस मनाउन शुरु गरेको पुस्तकालयले बिहिबार पुर्व अध्यक्ष सम्मान, बालबालिका लाई स्टेशनरी वितरण तथा सरस्वती पुजा सहित कार्यक्रमको समापन गरेको हो ।

कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष पध्मचन्द्र राजभण्डारीलाई पुस्तकालयले सम्मान गरेको छ । राजभण्डारी लाई पुस्तकालयका कार्यबाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यस्तै पुस्तकालयका संस्थापक श्याम श्रेष्ठले आफ्ना छोराहरुको नाममा स्थापना गरेको शिसिर हेमन्त बाल अक्षयकोष बाट बालबिकास केन्द्रका बालबालिका लाई झोला कपि कलम लगायतका स्टेशनरी वितरण गरिएको थियो ।

कार्यक्रमका बागलुङ बजार स्थित राज्यलक्ष्मी सुनचाधी गहना पसलका प्रोप्राईटर कविराज सुनार र जुनुसुनारले पुस्तकालयमा ५० हजार रुपयाँको अक्षयकोष स्थापना गरेको पुस्तकालयका सचिव राजन प्रसाद शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले पुस्तकालय ज्ञानको भण्डार भएकाले यसको बिकास र संरक्षणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पुस्तकालयका कार्यबाहक प्रधानसंरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक समिति सदस्य साहित्यकार प्रेम छोटा, अक्षयकोष दाता कविराज सुनार, पुर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुस्तकालयको ईतिहास बारे सल्लाहकार संरक्षक काजिगाउले श्रेष्ठले बताउनुभएको थियो ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *