तीन दिने गुणस्तर र लेखा व्यवस्थापन तालिम शुरु


–आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा दुग्ध उत्पादक सहकारीकर्मीहरुलाई गुणस्तर तथा लेखा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम दिन थालिएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघको आयोजना तथा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको प्राविधिक सहयोगमा तीन दिने गुणस्तर तथा लेखा व्यवस्थापन तालिम शुरु गरिएको छ ।

तालिमको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गर्नुभएको छ । उद्घाटन पछि बोल्दै खड्काले सहकारी मार्फत गुणस्तरीय दूधको कारोवार गर्दै आएको बागलुङ दुग्ध सहकारी संघका कारण दुधमा आत्मनिर्भर हुन सघाउ पुगेको बतानुभयो ।

उपप्रमुख खड्काले गुणस्तरीय दूध उपभोक्ता समक्ष पु¥याउन र आफ्नो लेखा व्यवस्थापन चुस्त राख्न सबै दुग्ध उत्पादक सहकारी संघका सञ्चालक र कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सहकारी संघले सहकारीमा आवद्द उदुगद उत्पादक सहकारीहरुको सञ्चालक र व्यवस्थापकलाई तालिम दिन थालेको हो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु), राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष उमानाथ सापकोटाको स्वागत तथा सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको छ ।

तीन दिने तालिममा राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठी, खाद्य गुण तथा प्रविधि नियन्त्रण कार्यालयका प्रमुख शौरभ श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्राविधिक लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *