ग्लोबल नेपालीज कराते अर्गनाईजेसनबाट बडिगाड डोजोलाई खेल सामाग्री


आदर्श अनलाइन, बागलुङ

काठमाण्डौ स्थित चन्द्रागिरि वेसिक सितोरियो करातेको हलमा ग्लोबल नेपालीज कराते अर्गनाईजेसनले बडिगाड डोजोलाई खेल सामाग्री प्रदान गरेको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी डोजोका अध्यक्ष सङ्करत्न महर्जनले खेलकुदमा लाग्ने खेलाडी, प्रशिक्षकहरुलाई बिदेशमा बसेर पनि खेलकुदलाई माया गर्नुभएका तपाईहरुको सहयोगले राम्रो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा ग्लोबल नेपालीज कराते अर्गनाईजेसन नेपालका प्रतिनिधि सुरेन्द्रलाल भेलेुले आगामि दिनहरुमा खेलकुदमा निरन्तर लाग्ने डोजोहरुलाई छनोट गरि अन्य सामाग्रीहरु प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा पुर्व कराते चिफ हिरा सिङ डङ्गोल, कराँते प्रशिक्षक राम सिङ ठकुरी लगायत अन्य विशिष्ठ व्यक्तिहरुले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

सामाग्री हस्तान्तरण पछि बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले ग्लोबल नेपालिज कराते अर्गनाईजेसनलाई खेल र खेलाडिहरु प्रति देखाउनु भएको सहयोगले आफुमा अझ हौसला प्रदान भएको बताउदै धन्यबाद व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा सभा अध्यक्ष चन्द्रागिरि डोजोका अध्यक्ष सङ्करत्न महर्जन कार्यक्रम सञ्चालन प्रशिक्षल वीर कृष्ण शाहि र समापन चन्द्रागिरि नगरपालिका वडा नं ९ का अध्यक्ष अच्युत अधिकारीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *